मुगुको लुम्समा विद्यालय भवनको उद्घाटन

बरम ऐडी
मुगु, २१ फागुन ।
मुगुमा एक विद्यालयको नव निर्मित भवनको उद्घाटन गरिएको छ । मुगु छायानाथ रारा नगरपालिका वडा–१२ लुम्समा रहेको सरस्वति आधारभुत बिद्यालयको भवन उद्घाटन गरिएको हो ।
भवन अभाव हुँदा विद्यालयको पठन पाठन कार्य प्रभावित हुँदै आएको थियो । छायानाथ रारा नगरपालिकाको ३६ लाख, जनश्रमदान १३ लाख ८० हजार गरी कुल ४९ लाख ८० हजारको लागतमा नयाँ भवन निर्माण भएको थियो ।
वि.सं. २०३२ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा–१ देखि कक्षा–८ सम्म पढाइ हुने गरेको छ भने विद्यालयमा जम्मा १६८ जनाले विद्यार्थीले अध्ययन गर्ने ग गरिरहेका छन् । शिक्षक संख्या ६ जना रहेको प्रधानाध्यापक तिर्थ बहादुर रोकायाले बताए ।
नयाँ भवनको उद्घाटन गरी यस विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा समाजसेबि, राजनैतिक दलकाका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता भएको बिब्यस अध्यक्ष लाल बहादुर ऐडिले जानकारी दिए ।








