शहिद परिवार समाज बाँफिकोट दोस्रो सम्मेलन

प्रचण्ड खत्री
रुकुम पश्चिम, २१ फागुन ।
शहिद परिवार समाज बाँफिकोट गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । भेलाबाट धनबहादुर खत्रीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको छ ।
जसको उपाध्यक्षमा टेकबहादुर केसी, सचिवमा करुणा मल्ल, सहसचिवमा बलबहादुर खत्री र कोषाअध्यक्षमा मनकला पुन चयन भएको नवनिर्वाचित अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिनुभएको छ ।
भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय स्कुलिङ्ग बिभाग सदस्य महेन्द्र केसी, नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा बाँफिकोट गाउँपालिका अध्यक्ष धर्म बहादुर केसी, नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीको उपस्थिती रहेको बताएको छ ।






