बनगाडको नगर प्रमुखमा काँग्रेस युवा नेता दिपेन्द्र विष्टको उम्मेदवारी

दुर्गा विसी
सल्लीबजार, २१ फागुन ।
नेपाली कांग्रेसको राजनीतिमा निकै दुख खेपेका विष्टले आसन्न स्थानीय चुनावको तयारीका लागि नगर प्रमुखमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नगर सभापतिको लागि महाधिवेशनमा निकै झिनो मतले पराजित विष्ट २०७४ सालका स्थानीय चुनावमा एमालेसँगको समिकरणमा उप–प्रमुखको हार व्यहोर्नुपर्याे । एमालेको अन्तरघातका कारण विष्टले चुनाव हारेका थिए ।
अब भने नेपाली कांग्रेस कुनै गठबन्धनसँग नभए सिङ्गल चुनाव लड्ने घोषणा गरिएको छ । त्यसै क्रममै विष्टको उम्मेदवारीलाई अर्का नेता खिमलाल वुढाथोकीले पनि समर्थन गरेका छन् । वडा ४ र ५ को सयुक्त बैठकमा विष्टलाईनै नगर प्रमुखको उम्मेदवार बनाउने गरी उक्त दुबै वडाको दावी छ ।
विष्टले पनि आफ्नो उम्मेदवारीनै नगर प्रमुखको सशक्त उमेद्वारी भएको दावि गरेका छन् । २०७४ सालको स्थानीय चुनावमा नेकपा एमाले र नेपाली कांग्रेसको समिकरण अनुसार चुनावी तालमेल भएको थियोे । तर अर्को पक्षले भने पार्टीको आधिकारिता नभइ, बैठक नवसि विष्टको मनोमनिमा मात्रै यो सहमति भएको भन्दै कांग्रेसकै फरक धारले विष्टलाइ पूर्ण असहयोग गरेका कारण उप–मेयरमा पराजित हुनुपरेको थियोे ।
एमाले र कांग्रेसको प्रमुख, उप–प्रमुख र वडा तहमै जहाँ सम्भावना रहन्छ त्यहाँसमेत सहमति गरी वडास्तरमै मिलेर चुनावी तालमेल हुने गरी सहमति भएको थियोे । तर त्यसो हुन सकेन । एमाले र कांग्रेसकै कारण विष्टले पराजय भोग्नु परेको थियोे । तर यस्तो गल्ती अब नदोहरिने उनको भनाई रहेको छ ।
तर वडामा अध्यक्षका आंकाक्षी धेरै भएका कारण दुई पार्टीको वडा स्तरको समिकरणमा त्यो सहमति लागू हुन सकेन । केवल सहमति बन्यो कांग्रेसले उपमेयर र एमालेले मेयरको कांग्रेस भित्रको किचलोका कारण विष्टले पराजय भोग्नु परेको सबैलाई जगजाहेर छ ।
दुई पार्टीको समिकरणका एमाले तर्फबाट मेयरका उमेरद्वार गोविन्द कुमार पुनले झिनो मतले चुनाव जिते भने विष्टले करिव ३ सय ३६ मत कम ल्याइ पराजित भए । हाल विष्ट आफु पार्टीको नीति विधि, विचार र सहमतिमै समिकरण गरेर चुनावमा गएको तर पार्टी भित्रका र समिकरण दलका साथीहरूबाट नै धोका खाँदा पराजय भोगेको टिप्पणी गर्छन् ।
विष्टले सामाजिक सञ्जाल मार्फत अहिले पनि घेरावन्दीमा पारिएको दुखेसो छ । ‘यहाँका कम्युनिस्टहरुसँग लडे, भिडे कांग्रेस बचाएँ आज मै माथि कांग्रेस सकाएको आरोप छ । म यसलाई सिधै अस्विकार गर्छु ।’
‘द्वन्द्व अवस्थामा धेरै साथीहरु लुकेर छिपेर वस्नु भयो, तेतिखेर उहाँहरु कुन कमिटीमा हुनुहुन्थ्यो ? पार्टी कहाँ थियोे । कस्तो अवस्थामा गुर्जीको थियोे । यो सबैलाई थाहा छ । हाल आएर मेरो चाहाना अनुसार र पार्टी शुभेच्छुकहरुको माग अनुसार नगर प्रमुखमै उठ्ने योजना छ ।’
‘त्यहि तयारी अनुरुप कतै घेरावन्दी जालसाजी, झुठो खेतीपाती भैरहेको छ । यसलाई चिर्न पुनः पनि म आग्रह गर्छु । निकै त्याग दुख गरेर निर्माण गरेको यो पार्टी प्रति यति ठुलो लांन्छाना लगाउनु कतिको हाँस्यास्पद होला । जोखिम मोलेर, घरखेती सकाएर बनाएको यो पार्टीप्रति मेरो अथाह माया लगाम छ । अनि म कसरी पार्टी प्रति गद्दारि गर्नु सक्छु । यस्ता वायत वकवास कुराका पछि नलाग्न विष्टले सामाजिक सञ्जालबाटै सबैलाई आह्वान गरेका छन् । म नै पार्टीको बलियो उम्मेदवार हो ।’
द्वन्द्वगत अवस्थामा २०५५/०५६ मा कक्षा-६ म पढ्दै गर्दा नेविसंघ हुदै पार्टीको राजनीतिमा सक्रिय विष्ट अहिलेसम्म राजनीतिमा उतिकै भुमिका छ । सानै कलिलो उमेरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय विष्ट पार्टीको निम्ति होलटाइमर नै देखिन्छन् ।
नगर प्रमुखको लागि अरु आंकाक्षी त्यति प्ररिस्पर्धी होइन्न जो आफुप्रतिका अन्य दलहरूको झुठो सफेतका विषयमा सामना गर्ने उनको भनाइ छ ।
‘२०५९ मा देवस्थल जरागौराबाट वाइसीएलको जथाले वोरामा बाँधेर भेरी नदिमा फाल्दै गर्दा फुत्केर भागेर माल्पेडाँडोमा पुगेर बचेको हु । म पार्टी निर्माण कार्यमा हिडेकै बेला यस्ता धेरै दुख खेप्नुपरेको छ । धेरै पटक हाप्प पैन्ट्सं्गै बनगाड खोलातिरमा आवत जावत गर्दा पार्टीकै लान्छनामा धेरै पटक कुटाई खाएको छु । यसलाई सिध्याए नेपाली कांग्रेस सकिन्छ भन्ने अझै अन्य राजनीतिक यहाँका दलिय अगुवाहरुको वुझाई छ ।’
अब नगर भित्रका गलत प्रवृतिका विरुद्ध, भष्ट्राचार लिप्त जनप्रतिनिधिसँगै कर्मचारीहरु जो अहिले गरिरहेका त्यसको विष्टले भण्डाफोर गर्ने, शिक्षा,स्वास्थ्य जस्ता कुरामा मात्रै आफ्नो ध्यानाकर्षण हुने उनको भनाई छ । नगरलाई देशकै नमुना ,विकासको गतिमा पहिलो नगरपालिका वनाउने वाहेक मेरो अरु कुनै लक्ष्य छैन ।
द्वन्द्वगत अवस्थामा जजर पार्टीलाई सामाल्न यहाँ सम्म आउदा मेरो घर,मेरो परिवारको वास्ता नगरि आज जे गरे पनि पार्टीकै निम्ति र यहाँका नागरिककै लागि गरेको छु । यस कारण पनि नगर प्रमुखमा आफ्नो उम्मेदवार रहेको विष्टको दावि छ ।आज पनि जे गरेको समाजकै लागि जीवन दिएको छु भोलि पनि यही हुनेछ। यसरी आफ्नो नगरलाइ झन मजवुद र वलियो विकासको आधार स्तम्भ बनाउनका निम्ति विष्टले उम्मेदवारी घोषणा भएको जनाए ।
‘सबै चिज पार्टी नै हो भनेर जिवनको दुई दशक उर्जावाण समय त्यसैमा व्यतीत भएको तर हाल आएर पनि तेहि कार्यामा सरिक छु । पार्टीले फेरि पनि मुल्यांकन गरि मेरो घोषणालाई आधिकारिकता दिन्छ । म जस्तो उर्जावान व्यक्तिलाई एक पटक बनगाड कुपिण्डे नगर वासिका जनताले परिक्षणका लागि मात्रै हेरिदिन अपिल छ ।’
‘उम्मेदवारी घोषणा गर्दै सबै पक्षसँग युवा,निडर हक्कि स्वभावका व्यक्तिलाई अत्यधिक भोटदिएर सहयोग गर्न विष्टको आह्वान छ । हामी जस्ता व्यक्तिलाई पराजय गराए पछिको परिणाम जनताले राम्रोसँग सास्ती पाए अब फेरि त्यो दिन समय दोहरिने छैन ।’








