कुमाखमा अन्तरपालिका महिला भलिबल प्रतियोगिता हुँदै

वसन्त कुमार शर्मा
कुमाख (सल्यान), २१ फागुन ।
कुमाख गाउँपालिकाको आयोजना ११२ औ अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा अन्तरपालिका महिला भलिबल प्रतियोगिता हुनेभएको छ । यहि फागुन २४ गते देखि २७ गतेसम्म अन्तरपालिका स्तरीय महिला भलिबल खेलकुद प्रतियोगिता कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
कार्यक्रम सहभागी हुने खेलाडीहरुले निःशुल्क कुमाख गाउँपालिकाको कार्यालयमा भौतिक उपस्थिति भएर वा आफ्नो पालिकाको इमेलमार्फत खेलाडीको परिचय खुल्ने प्रमाणपत्र र पालिकाको सिफारिससहित E-mail- mitokumakh2073@gmail.com मा टिम दर्ता गर्न सकिनेछ ।
फागुन २३ गते बेलुका ४ बजेसम्म बढिमा एक टिम ९ जना खेलाडी सहभागी हुने गरी शिक्षा युवा खेलकुद शाखामा टिम दर्ता गरिसक्नु पर्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिपक कुमार चन्दले बताउनुभयो ।
उक्त खेलमा बिजेता खेलाडीहरुलाई भलिबल प्रथम पुरस्कार ३५ हजार, द्वितीय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २५ हजार साथै प्रमाण–पत्र प्रदान गरिनेछ । खेलमा सहभागी खेलाडीहरुले खान–बस्नको लागि खेल अवधि भरी आफै ब्यवस्था गर्नुपर्ने, आगामी दिनमा नयाँ–नयाँ विशेष कार्यक्रम गर्ने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख दिपक कुमार चन्दले बताउनु भयो ।
कुमाख गाउँपालिकाको अध्यक्ष दिलमाया बुढामगर गिरीले भन्नुभयो ‘कुमाख गाउँपालिका महिलाले नेतृत्व गरेको सफल गाउँपालिका हो यहाँ दिदिबहिनीहरुलाई हरेक सेवा सुबिधा सहज तरिकाले प्राप्त गर्न पाएको महसुस र गर्व लाग्छ ।’
सक्षम सफल अब्बल जनशक्ति उत्पादन गर्ने हेतुले नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्दै लैगिक हिसा अन्त्य गर्ने तर्फ ध्यान गएको बताउनुभयो ।






