सुर्खेत बजार तनावग्रस्त, घटनाको छानविन समिति गठन

सुर्खेत, २१ फागुन ।
प्रहरीको कुटाईबाट एक युवकको मृत्यु भएको भन्दै आफ्न्त तथा स्थानीय आक्रोशित भएका छन् । उपचारका क्रममा शनिबार सुर्खेत हस्पिटल प्रा.लि. यरिचोकमा कालीकोट निवासी ३४ बर्षिय युवक मिनी हमालको मृत्यु भएको छ ।
घटनापछि आकस्मिक रुपमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसेको छ । बैठकले सहायक प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको छ । घटनाको छानविन गरी ३ दिनभित्र बास्तविक अध्ययन, अनुसन्धान, छानविन प्रतिवेदन पेश गर्न जिम्मेवारी तोकिएको छ ।









