प्रहरीकाे कुटाइबाट युवकको मृत्यु भएकाे आरोप, आफन्त आक्रोशित-विराेध प्रदर्शन

सुर्खेत, २१ फागुन ।
उपचारका क्रममा एक कालीकोटका युवकको सुर्खेतमा मृत्यु भएपछि आफ्न्त आक्रोशित भएका छन् । सुर्खेतमा प्रहरीको कुटाईबाट कालिकोटका एक युवाको मृत्यु भएको आफ्न्ताको आरोप छ ।

नेपालगंजबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनि हमालको प्रहरी कुटाईबाट मृत्यु भएको दावि गरिएको छ ।

शुक्रबार राती नेपालगंज भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गम्भिर घाईते बनाएको आरोप आफन्तले लगाएका छन् ।

‘प्रहरीको कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो,’ मृतकका अंकल कलमबहादुर हमालले भने, ‘गाडीको स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेका थिए ।

उनीहरुलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएकोछ छ ।’ हमाललाई उपचारको लागि आज शनिबार विहान सुर्खेत अस्पताल ल्याएपनि अस्पताल नपुर्याउँदै उनको मृत्यु भइसकेको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको सुर्खेत प्रहरीका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । ‘कुटपिटपछि मृत्यु भन्ने खवर आयो,’ प्रहरी प्रवक्ता घर्तीले भने, ‘विस्तृत विवरण बुझ्दै छौं ।

अनुसन्धानपछि सवै खुल्नेछ ।’ अहिले ठूला संख्यामा आफन्तहरु सुर्खेत हस्पिटलमा जम्मा भएका छन् ।

सुर्खेतमा सम्भावित हुनसक्ने आन्दोलनलाई ध्यानमा राखेर प्रहरी परिचालन व्यापक गरिएको छ । युवककाे मृत्युपछि अाक्राेशित बनेका अापः्न्तहरुले म‌गलगढि चाेक, यरिचाेक, बीरेन्द्रनगर बजारमा विराेध प्रदर्शन गरिरहेका छन ।

प्रहरीकाे कुटाइबाट युवकको मृत्यु भएकाे आरोप, आफन्त आक्रोशित-विराेध प्रदर्शन

जाजरकोटमा १७० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना

प्रहरीकाे कुटाइबाट युवकको मृत्यु भएकाे आरोप, आफन्त आक्रोशित-विराेध प्रदर्शन

सुर्खेत बजार तनावग्रस्त, घटनाको छानविन समिति गठन

Leave a comment

Your email address will not be published. Required fields are marked *