जाजरकोटमा १७० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना

जाजरकोट, २१ फागुन ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना गरेको छ । ४१७ घरधुरीलाई पुग्ने गरी उक्त मिनिग्रिड स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।

विद्युतको पहुँच नपुगेको उक्त गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुधवार सिंहले सो मिनिग्रिडको उद्घाटन गर्दै ठाउँअनुसार यस्ता खालका योजना अगाडि बढाइने बताए ।

उनले भने, ‘बत्ती बाल्ने मात्र नभई कुटानीपिसानीको कामसमेत यही पावरबाट हुनेछ, तपाइँको दुःख नै हाम्रो दुःख हो, हामी दुःखसुखका साथी पनि भएको भरोसा दिलाउन चाहान्छु ।’

सदरमुकामबाट ७२ किलोमिटर उत्तर पूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखालगायतका गाउँमा सोलारबाट विद्युतीकरण हुन लागेपछि स्थानीयवासी खुसी भएका खड्कविक्रम शाहीले बताए ।

गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै जनतालाई उज्यालो पुरयाउनका लागि काम गरिरहेको बताए । तीन तहकै सरकारसँग सहकार्य गर्दै विकास निर्माणका कामलाई तीव्रता दिइएको उनले जानकारी दिए ।

कर्णालीका १० जिल्लामा विद्युतीकरण र साना लद्युजलविद्युत् आयोजनाको अवस्थाका बारेमा हप्ता दिनभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएका मन्त्री सिंहले कर्णालीमा विद्युत्को समस्या भारी भएको भन्दै समाधानको बाटो खोजिने बताए ।

नलगाड जलविद्युत् आयोजना ४१७ मेघावाटको निर्माणका लागि ड्यामस्थल रहेको बारेकोटमा मन्त्री सिंहले तत्काललाई सबैलाई अँध्यारोबाट मुक्त गराउन यो पहल गरिएको बताए । कम लगानीमा तत्काल निर्माण गरी प्रतिफल लिन सकिने योजनासमेत निर्माण कार्य थालिएको उनले बताए ।

जाजरकोटमा १७० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना

एमाले सल्यानका नेताहरु कसलाई के जिम्मेवारी नामावलीसहित

जाजरकोटमा १७० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना

प्रहरीकाे कुटाइबाट युवकको मृत्यु भएकाे आरोप, आफन्त

Leave a comment

Your email address will not be published. Required fields are marked *