आँखाको उपचार जिल्ला अस्पतालबाटै

रुकुम पश्चिम,१८ मंसिर ।

नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित आँखा उपचार केन्द्र रुकुम पश्चिमले जिल्ला अस्पताल परिसरबाटै सेवा दिन थालेको छ । २०६८ सालमा स्थापना भएको यो केन्द्र सुरुमा जिल्ला अस्पतालमै स्थापना भएर विगत १० वर्षयता भने अस्पतालभन्दा केही टाढा भाडामा लिएको भवनबाट सञ्चालन गरिँदै आएको थियो ।

नेपाल सरकारको एकीकृत स्वास्थ्य नीति २०७६ अनुसार आँखा अस्पताललाई जिल्ला अस्पताल परिसरमै सारेर सेवाप्रवाह गरेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर कुसारीले बताए ।

जिल्ला अस्पतालका दुईवटा भवनलाई हाल आँखा उपचार केन्द्रका रुपमा छुट्याइएको छ । यसरी सेवा दिँदा सहज भएको केन्द्र प्रमुख धनबहादुर केसीले बताए । उनले भने‚ ‘यसभन्दा अघि अस्पतालभन्दा अलि टाढाबाट सेवा दिँदा बिरामीलाई तलमाथी गर्न गाह्रो भैरहेको थियो । अब सहज भएको छ ।’

सेवाग्राहीले पनि अस्पतालबाटै आँखाको उपचार सेवा लिन पाएपछि खुसी व्यक्त गरेका छन् । आँखाको उपचार सेवा लिन आएका सानीभेरी गाउँपालिकाका अर्जुन मल्लले भने, ‘यहाँबाट आँखाको पनि सेवा लिन पाउँदा सहज भएको छ ।’

यस उपचार केन्द्रबाट आँखा जाँच, सामान्य शल्यक्रिया, चस्मा तथा औषधि वितरण, आँखासम्बन्धी आवश्यक परामर्श र हरेक तीन÷तीन महिनामा शल्यक्रिया सेवा शिविरलगायत सेवा उपलब्ध भैरहेको प्रमुख केसीको भनाइ छ । उनका अनुसार उपचार केन्द्र अस्पतालसँगै भएपछि सेवाग्राही पनि बढ्दै जान थालेका छन् ।

कान्तिपुर

आँखाको उपचार जिल्ला अस्पतालबाटै

जमिन भासिएपछि चर्केको घरमा बस्न बाध्य काफलपानीका

को बन्ला कर्णालीको मुख्यमन्त्री ? दौडमा छन्

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!