३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस : ‘चित्त बुझाउने बाहेकको विकल्प भएन’

पुनम वि.सि.
सुर्खेत,१८ मंसिर ।
‘भिरको टुनी हो, जे हुनु भैगयो किन रुनी हो ।’
‘कर्णालीमा अपाङ्गता भएका व्यक्तिको अवस्था कस्तो छ ?
भन्ने प्रश्नको जवाफमा राष्ट्रिय अपाङ्ग महासंघ, कर्णालीका अध्यक्ष विष्णुप्रसाद शर्माले यहि गीत गाएर सुनाए । शर्माले सुनाएको भाकाझै कर्णालीमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था पनि उस्तै देखिन्छ । ‘सबै प्रदेशभन्दा कर्णालीमा अपाङ्गता भएका व्यक्तिको अवस्था झन् नाजुक नै छ ।
’ अध्यक्ष शर्मा भन्छन्, ‘अपाङ्गता भएका व्यक्ति सर्वप्रथम आफ्नो घरदेखि नै अपहेलित छन् । दया र मायाका पात्रका रुपमा हेरिने गरिन्छ ।’ प्रदेश सरकार तथा स्थानीय तहलेसमेत कर्णालीमा अपाङ्गताका सवालमा काम नगरेको अध्यक्ष शर्माको आरोप छ ।
अपाङ्गता भएका व्यक्तिले राज्यबाट सहुलियत र सुविधा प्राप्त गर्नुको साटो अपाङ्गताको अवस्थामा चित्त बुझाएर बस्नुको विकल्प नभएको उनको भनाई छ । कर्णालीमा हालसम्मपनि अपाङ्ग समन्वय समिति गठन भएको समेत छैन । कर्णाली प्रदेश सरकारका कार्यक्रम तथा बजेट अपाङ्ग भएका व्यक्तिमैत्री भयो– भएन विषयमा उक्त समितिले अध्ययन गर्न पाउने व्यवस्था छ ।

यसका साथै प्रदेश सरकारलाई समेत उक्त समितिले अपाङ्गताका विषयमा सुझाव सल्लाह दिने गर्छ । तर हालसम्म पनि कर्णाली प्रदेश सरकारले अपाङ्ग समन्वय समिति गठन प्रक्रिया अघि नबढाएको शर्माले बताए । यो समस्या स्थानीय तहहरुमा समेत उस्तै छ ।
वीरेन्द्रनगर नगरपालिकालाई हेर्ने हो भने नगरपालिकाले समेत हालसम्म पनि अपाङ्ग समन्वय समिति गठन गरेको छैन । ‘प्रदेश राजधानी रहेको नगरपालिकाको अवस्था त यस्तो छ भने अन्य स्थानीय तहको अवस्थाका विषयमा कल्पना समेत गर्न सकिदैन।
अध्यक्ष शर्माले भने, ‘अपाङ्ग भएका व्यक्तिहरुको कुरो सुन्ने निकाय समेत छैन ।’ ‘सेतो छडी समेत पाइदैन’ वीरेन्द्रनगर निवासी सुरेश खड्का पेशाले शिक्षक हुन् । वीरेन्द्रनगर–७ स्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा स्रोत शिक्षकका रुपमा उनी कार्यरत छन् ।
‘मसंग अहिले भएको सेतो छडीमा समस्या आयो या बिग्रियो भने मैले अहिले नै अर्को छडी पाउन सक्ने व्यवस्था छैन’, निरास हुँदै उनले भने, ‘अहिले पनि अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहयोग सामाग्री सजिलै उपलब्ध हुँदैन ।

अपांगता भएकाहरुको लागि आवश्यकपर्ने सहयोग सामाग्रीहरुका लागि सधै सामाजिक संघसंस्थाहरुको मुख ताक्नुपर्ने अवस्था रहेको सुनाउँदै थापाले कसैको जन्मदिन वा वर्षगाँठ आउला र सहयोग सामाग्री पाइएला भनेर कुरेर बस्नु परेको टिप्पणी गरे ।’
अपाङ्ग भएका व्यक्तिले सहायता सामाग्री खरिद गर्नुपर्दा समेत सजिलै उपलब्ध हुनसक्ने अवस्था नरहेको उनले बताए । अपाङ्ग भएका व्यक्तिलाई सहायता सामाग्री निःशुल्क उपलब्ध गराउनुपर्ने विषयमा ऐनमा नै व्यवस्था छ । तर कार्यान्वयन पक्षमा भने समस्या देखिन्छ । खड्काले भने, ‘राज्यले नचाहेको पनि होइन ।
कार्यान्वयन तर्फ नै समस्या रहेकाले हामीले कठिनाई भोग्नुपरेको छ ।’ अपाङ्गता भएका व्यक्तिको सहभागिताका विषयमा शिक्षक खड्काले अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिए । उनी भन्छन्, ‘अपाङ्गता भएका व्यक्तिलाई आत्मसम्मानका साथ अर्थपूर्ण सहभागितातर्फ लैजानुपर्छ ।
नीति निर्माण गर्ने स्थानमा समेत अपाङ्ग भएका व्यक्तिको पहुँच पुग्न सकेको छैन । विशेषत् शिक्षामा अपाङ्गता भएका व्यक्तिको पूर्ण सहभागिता गराउन सके मानव अधिकारका अन्य पक्षमा समेत सहभागिता बढ्दै जान्छ ।’ हालको समयमा कर्णालमिा अपाङ्गता भएका व्यक्तिहरु आधारभुत मानव अधिकारबाटै वञ्चित रहेको उनको भनाई छ ।
सांकेतिक भाषाका ‘दोभाषे’
वीरेन्द्रनगरमा सञ्चालन हुने सभा–सम्मेलन, तथा कार्यक्रमहरुमा अचेल गोरख शाहीलाई समेत बोलाउन थालिएको छ । विभिन्न छलफल तथा कार्यक्रमहरुमा सांकेतिक भाषाका प्रयोगकर्ताहरुलाई सहजताका लागि दोभाषेको प्रयोग हुन थालेपछि शाहीलाई आयोजकहरु अहिले निमन्त्रण दिन थालेका छन् ।
सुर्खेत क्याम्पस शिक्षामा ‘ आईसिटी’ अध्ययनरत शाहीले सांकेतिक भाषा सम्बन्धि तालिम लिएको पनि धेरै भएको छैन । गत वर्षको असोजमा मात्र उनले सांकेतिक भाषा सम्बन्धिको तालिम लिएका थिए । उनले भने, ‘कोभिडको समय पनि थियो, घरमा खाली खाली बस्नुभन्दा सिकाई पनि हुन्छ भनेर सांकेतिक भाषाको तालिम लिएको थिए । गएको वर्षको असोजमा तीन महिने तालिम सकिएको थियो ।’
अपाङ्ग सशक्तिकरण के न्द्रको आयोजना रहेको उक्त तालिममा आठ जना सहभागी थिए । समावेशी शिक्षाको उद्दे श्यका साथ सञ्चालित उक्त तालिमको उद्देश्य दोभाषेका लागि भने थिएन । ‘तालिमपछि भेरी बहिरा संघका व्यक्तिहरुसँग मेरो संगत हुन थाल्यो ।
उहाँहरुसँग म सांके तिक भाषामै कुरा गर्थे । उनले भने, पछि विस्तारै कार्यक्रमहरुमा समेत दोभाषेको रुपमा मलाई बो लाइयो ।’ सांकेतिक भाषा उनका लागि रमाइलो भाषा लाग्छ । हो हल्ला पनि नहुने, शारिरिक हाउँभाउँका साथ कुरा गरिने हुदा उनी यस भाषा तर्फ आर्कषित भएका हुन् । उनले भने, ‘दोभाषेको काम गर्न पाउँदा खुशी लाग्छ । कमसे कम म आफै पनि उहाँहरुको आवाज बनिरहे को छु ।’






