सुर्खेतको चिङ्गाडमा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सुर्खेत,१७ मंसिर ।
३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवस सुर्खेतको चिङ्गाड गाउँपालिका सहित देशका सबै ठाउँमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

‘समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सुर्खेतको चिङ्गाड गाउँपालिका सहित देशका सबै ठाउँमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो ।

सोही अवसरमा सुर्खेतको चिङ्गाडमा पनि कार्यक्रम आयोजना गरिएको थियो । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाइन्छ ।







