जुम्लामा कैलालीका युवकको मृत्यु

जुम्ला,१७ मंसिर ।

जुम्लाको विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलालीका एक युवकको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका बेहोस अवस्थामा भेटिएका युवकको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमानस्थलको पश्चिमतर्फ तार जालीभित्र टिकापुर नगरपालिका–७ शतिगाउँका अन्दाजी २९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएका थिए ।

जैसीलाई उपचारका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो । प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए ।

मृतक युवा जुम्ला घुमफिर गर्न आएको भन्ने बुझिएको प्रहरीले जनाएको छ । प्रहरीले मृत्युका आफन्तलाई खबर भइसकेको जनाएको छ । मृतकको पोस्टमार्टम बाँकी छ । उक्त स्थानमा थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटिएको छ ।

कान्तिपुर

जुम्लामा कैलालीका युवकको मृत्यु

आखिर कहाँबाट आउँछन् सुकुम्बासी ?

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!