दशैंमा खाद्य डिपो रित्तै

कालीकोट,१७ असोज ।

कालीकोटको सदरमुकाम मान्मदेखि पचालझरना गाउँपालिका १७ कोष टाढा छ । सुपथ मूल्यको मसिनो चामल लिन दिनभर हिँडेर सदरमुकाम मान्म पुगेका विक्रम बम दिनभर लाइन बसे तर चामल पाएन्न । उनि निराश हुँदै फर्किेए । दिनभर लाइनमा बस्दा पनि चामल नपाएर रित्तै घर फर्किनुपरेको भन्दै यसपालिको दशैँ खल्लो हुने उनले चिन्ता व्यक्त गरे ।

जिल्ला सदरमुकाम मान्ममा प्रतिकिलो सात रुपियाँ छुटमा चामल बिक्री भइरहेको छ । त्यही चामल लिन खाँडाचक्र नगरपालिका–१ का ४२ वर्षीय अग्रबहादुर शाही पनि खाद्यको डिपो पुगे । दिनभर लाम लागे पनि चामल नपाएपछि अन्तिममा रित्तो हात फर्कनुप¥यो । बम र शाहीजस्तै शुक्रबार खाद्य डिपोमा आएका स्थानीय बासिन्दाले रित्तो हात फर्कनुपरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिरा मसिनो चामल सकिएपछि मोटो चामल दिएर पठाउने गरेको जनाएको छ । कार्यालय प्रमुख कमलराज पाण्डेले कम्पनीको शाखामा जिरा मसिनो चामल सकिएको बताए ।

उनका अनुसार चामल ढुवानी गर्न समयमै सम्झौता हुन नसकेका कारण खाद्यका बिक्री डिपोमा दशैँअघि चामल पुग्ने सम्भावना छैन । जिल्ला सदरमुकाममा खाद्यका शाखा र चारवटा बिक्री केन्द्र छन् ।

अन्य तीन पालिकामा रहेका बिक्री केन्द्र भने रित्तै छन् । तिलागुफा नगरपालिकाको पादमघाट, पलाँता गाउँपालिकाको थिर्पु र खिन धैलागोह बिक्री केन्द्रमा चामल छैन । यी केन्द्र पनि एक वर्षदेखि रित्तै छन् ।

कम्पनीले दशैँ, तिहार र छठ पर्वका लागि असोज १ देखि कात्तिक १५ गतेसम्म छुट मूल्य पसल सञ्चालन गरेको छ । चाडपर्वमा नागरिकलाई राहत दिने उद्देश्यले कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । असोज १ गतेदेखि शुक्रबारसम्म खाद्य डिपो कार्यालय कालीकोटबाट ७८२ क्विन्टल बढी चामल बिक्री भएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।

गोरखापत्र

दशैंमा खाद्य डिपो रित्तै

५० हजार बढी खसीबोका निर्यात हुँदा ६०

दशैंमा खाद्य डिपो रित्तै

दशैंले नछोएको बादी बस्ती

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!