पूर्व राज्यमन्त्री स्वर्गिय तप्त विष्टका आमा र श्रीमतिबाट कर्णालीकाे पुलको उद्घाटन

सुर्खेत, १७ असोज ।
कर्णाली र सुदूरपश्चिम प्रदेशसँग छोटो दूरीको सडक सञ्जालसँग जोड्एिको छ । कर्णाली नदीमा निर्माणाधिन दुई वटा मुल मध्ये एउटा पुल निर्माणसम्पन्न भएर उद्घाटन भएपछि कर्णाली र सुदुरपश्चिम जोडिएको हो ।

कैलालीको मोहन्याल कुइने तथा चौकुनेको घाटगाउँ–सोल्टा जोड्ने पुल निर्माण सम्पन्न भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशसँग छोटो दूरीको सडक सञ्जालमा जोडिएको छ । पुल निर्माणसम्पन्न भएपछि नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री स्वर्गिय तप्त बहादुर विष्टका आमा हरिकला विष्ट र श्रीमति धनादेवि विष्टको हातबाट संयुक्त रुपमा पुलको उद्घाटन गरिएको छ । पुल उद्घाटन गरिएपछि सार्वजनिक यातायातका ठुला सवारी साधन र मोटरसाइलहरुको आवत जावत सुरु भएको छ ।

पुल निर्माणसँगै साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दाले छोटो दूरीको यात्रा गर्न पाउनेछन् । कर्णाली नदीमा पुल निर्माणपछि सुर्खेतको बड्डीचौरहुँदै कोहलपुर–चिसापानीसम्मको करिब दुई सय किलोमिटर सडक यात्रा ५२ किलोमिटरमा छोटिने भएको छ ।

कर्णालीमा पुल नभएका कारण दुई प्रदेशको यातायात सम्बन्ध भने जोडिन सकेको थिएन । सुर्खेत र कैलाली जिल्लाको कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले कर्णाली चिसापानी सडकबाट पूर्व–पश्चिम राजमार्गको चिसापानीसम्म सडक सञ्जालसँग जोड्ने छ ।

कुइनेस्थित कर्णाली नदीमा अनत–लुम्बिनी जेभीले पुल निर्माण गरिरहेको छ । पुल निर्माणका लागि ०७२ सालमा ठेक्का सम्झौता भएको थियो । सडक विभागले दुई वर्षसम्म डिजाइन स्वीकृत नगरेका कारण पुल निर्माण ढिलो शुरु भएको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कम्पनीका साइड इन्चार्ज दिनेशकुमार श्रेष्ठले ०७४ फागुनमा डिजाइन स्वीकृत भएपछि पुल निर्माण शुरु भएको बताए । ‘नदीले बर्सेनि धार परिवर्तन गरेका कारण डिजाइन स्वीकृत गर्न ढिला भएको हुन सक्छ’, श्रेष्ठले भने, ‘भौगोलिक अवस्थितिका कारण पनि केही ढिला भएको हो ।’

चालु आर्थिक वर्षमै पुल सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिईएको कम्पनीले जनाएको छ । चिसापानीदेखि कुइनेसम्मको ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । उता, सुर्खेततर्फ कुइनेदेखि बड्डीचौरसम्म १९ किलोमिटर सडकमा साना सवारीसाधन सञ्चालन भईरहेका छन् ।

सुर्खेतमा पर्ने भेरी नदीमा पक्की पुल निर्माण भएपछि अटोरिक्सालगायत साना सवारीसाधन बड्डीचौरहुँदै कुइनेसम्म पुग्न थालेका हुन् । भेरी नदीमा निर्माण भएको पुल दुई वर्ष पहिलेदेखि नै सञ्चालनमा आएको छ ।

पुल निर्माणले सुर्खेतको पश्चिम क्षेत्रका बासिन्दालाई कैलालीसम्म पुग्न निकै छोटो हुनेछ । पश्चिमका नागरिकलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुग्नुभन्दा छिटो कैलालीको चिसापानी पुग्नेछन् । यो पुल निर्माणसँगै साबिक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालीकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दाले सबै भन्दा छोटो दुरीको यात्रा गर्न पाउने छन् ।

उनीहरुलाई हाल तराई झर्दा सुर्खेत–कोहलपुर–चिसापानी वा डोटी–डडेल्धुरा–अत्तरियाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । कुईने पुलले कर्णाली प्रदेशलाई छिमेकी मुलुक भारतसँगको छोटो नाकाका रुपमा जोड्ने छ ।

साबिक सुदूर तथा मध्यपश्चिमका अधिकांश बासिन्दा रोजगारीका लागि भारत जाने गर्छन् । उनीहरु भारतका विभिन्न शहर जान बाँके, कैलाली र कञ्चनपुर जिल्लाका सीमा नाका प्रयोग गर्छन् । अहिले बाँकेको कोहलपुर र कैलालीको अत्तरियाबाट पहाडी जिल्लातर्फ सामग्री ढुवानी भइरहेको छ । पुल निर्माणपछि यो सडक पहाडी जिल्लामा सामग्री ढुवानीको छोटो विकल्प बन्नेछ ।

जल र धार्मिक पर्यटनको सम्भावना
कर्णाली नदिमा बन्ने पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्दै यहाँको धार्मिक पर्यटनको सम्भावनासमेत बढाउने भएको छ । कर्णाली नदिमा भेरी र सेती नदि मिसिएका दुई वटा दोभान छन् । यी दुवै ठाउँमा पुल बन्दै छन् । कच्ची ट्रयाकको सडक सञ्जालले पनि यी ठाउँलाई जोडिसकेको छ । यी ठाउँमा धार्मिक पर्यटनका साथै जल पर्यटनको पनि निकै सम्भावना रहेको छ ।

कैलालीको मोहन्याल गाउँपालिकाको बडिगाउँ र सुर्खेतको चौकुने गाउँपालिकाको घाटगाउँ जोड्ने पुल धार्मिक पर्यटनका लागि निकै महत्वपूर्ण हुने भएको छ । किनभने भेरी नदि र कर्णाली नदिको संगम स्थल घाटगाउँमै पुल बनेपछि त्याँहाको धार्मिक गतिविधि बढ्नेछ ।

त्यस्तै सेती नदी र कर्णाली नदी मिसिएको अर्को संगम बिन्दु चौकुने गाउँपालिकाको तालागाउँ र डोटीको मेल्टा तथा अछामको बलाँता जोड्ने ठाउँमा पनि पुल बन्दैछ । यहाँ पनि धार्मिक गतिविधिले बढावा पाउने चौकुने गाउँपालिकाका युवा हरिचन्द्र भण्डारीले बताए ।

सरकारको बजेटमा कैलालीमा खिमडीदेखि खक्रौलासम्म जल यातायात सञ्चालन गर्ने घोषणा गरिसकेको छ । सडक सञ्जालले यी ठाउँ जोडिएपछि जल यातायातको सम्भावना खिमडीदेखि मात्रै नभएर करिब १० किमि माथि सेती र कर्णाली नदिको संगम बिन्दुदेखि नै सुरु गर्न सकिने भण्डारी बताउँछन् । चिसापानीदेखि जंगलाघाटसम्म बाटो बनेमा करिब ६० देखि ७० किमिमात्रै सडक यात्रा गरेर कर्णाली नदिको ३÷४ सय किमि जल यात्रा गर्न सकिने भण्डारी बताउँछन् ।

पूर्व राज्यमन्त्री स्वर्गिय तप्त विष्टका आमा र श्रीमतिबाट कर्णालीकाे पुलको उद्घाटन

कर्णाली सरकारकाे भ्रमणसँगै गाडी खरिद, मर्मत र

पूर्व राज्यमन्त्री स्वर्गिय तप्त विष्टका आमा र श्रीमतिबाट कर्णालीकाे पुलको उद्घाटन

५० हजार बढी खसीबोका निर्यात हुँदा ६०

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!