गुर्भाकोटमा शैक्षिक योजनाको सुझाब संकलन कार्यक्रम सम्पन्न

दिलिप ढकाल
सुर्खेत, १९ असार ।

गुर्भाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा सुर्खेतको आयोजनामा १० बर्षे (२०७९–२०८९) शैक्षिक योजना को सुझाब संकलन कार्यक्रम सम्पन्न भएको छ । सामाजिक बिकास समितिका संयोजक तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बासुदेब शर्मा को अध्यक्षता तथा विधेक समितिका संयोजक एबम गुर्भाकोट नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राजन बिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सुझाब संकलन कार्यक्रम मा शिक्षा शाखा गुर्भाकोटका अधिकृत छैटौ पदम बिक,नेपाल शिक्षक महासंघ गुर्भाकोट का अध्यक्ष कृष्ण आर.सी,प्याब्सन गुर्भाकोटका अध्यक्ष किशोर शर्मा,भेरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तुल बहादुर राना,विभिन्न विद्यालयका प्रधानाध्यापक,वडा नम्बर १,२,८,१०,१२ का वडा अध्यक्ष हरु, तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम आगामी १० बर्ष अर्थात शैक्षिक सत्र २०७९ देखि २०८९ सम्म शिक्षा लाई कुन माध्यम बाट र कसरि अगाडी बढाउदा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बिषय मा केन्द्रित रहेको थियो । कार्यक्रममा सहभागी हरुले शिक्षा लाई गुणस्तरीय बनाउनको लागि विभिन्न कोण बाट सल्लाह सुझाब र प्रतिक्रिया दिएका थिए ।

साथै उपस्थित विद्यालयका प्रधानाध्यापकहरुले बिद्यालयमा नाम लेखाउने तर कक्षामा उपस्थिति नहुने समस्या धेरै रहेको भन्दै अबको १० बर्षे शिक्षा नीतिले उक्त समस्या समाधान गर्न उन्मुख हुने समेत बिश्वास लियका छन् । साथै माध्यामिक बिद्यालयका प्रधानाध्यापक हरुले माध्यामिक तह अर्थात कक्षा १२ सम्म निशुल्क शिक्षा भन्ने तर बिध्यालयमा पर्याप्त शिक्षक नहुदा (+२)का बिद्यार्थी बाट पैसा उठायर शिक्षक लाई तलब खुवाउनु पर्ने बाध्यता रहेको गुनासो गरेका थिए ।

तर नेपाल सरकारले नै माध्यमिक तहको शिक्षा निशुल्क दिने गरि निर्णय गरेपछि अब आफुहरुले +२ अद्यापन गराउने शिक्षक लाइ तलब कसरि खुवाउने भन्ने बिषयमा नगर शिक्षा शाखाको ध्यानाकर्षण गराएका थिय।साथै अबको १० बर्षे शैक्षिक योजनामा माध्यमिक तहमा बिद्यार्थी अनुसारको शिक्षकको ब्यबस्था गरि पठनपाठन मा सहयोग गर्न समेत प्रधानाध्यापक हरुले आग्रह गरेका छन्।

कार्यक्रममा उठेका प्रश्नको जबाफ दिदै शिक्षा शाखा गुर्भाकोटका अधिकृत छैटौ पदम बिक ले सबै मिलेर छलफल गरि समस्याको हाल गर्नु पर्नेमा जोड दिनु भएको थियो। कार्यक्रम मा आफ्नो भनाई राख्दै भेरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तुल बहादुर रानाले कक्षा एक देखि नै शिक्षा लाई गुणस्तरीय बनाउन ध्यान दिनु पर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै कार्यक्रम मा आफ्नो भनाई राख्ने क्रममा शिक्षक महासंघ गुर्भाकोटका अध्यक्ष कृष्ण आर.सी ले बिद्यालयमा कति विद्यार्थी भर्ना भए र भर्ना पश्चात कतिले बिद्यालय छोडे कति अध्यनरत छन् अनि छात्र छात्रा को सङ्ख्या के कति छ,उक्तडाटा बिद्यालय बाट समयमै प्राप्त हुन नसक्दा विद्यालयको तथ्यांक गलत हुने गरेको बताउनु भएको थियो। बाह्र बजे सुरु भएको शैक्षिक योजनाको सुझाब संकलन कार्यक्रम करी ५ घन्टाको छलफल पछि साँझ ५ बजे तिर सम्पन्न भएको थियो ।

गुर्भाकोटमा शैक्षिक योजनाको सुझाब संकलन कार्यक्रम सम्पन्न

भरतबन्धु कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित

गुर्भाकोटमा शैक्षिक योजनाको सुझाब संकलन कार्यक्रम सम्पन्न

सम्पादकीय : २० बर्ष बित्यो अब ध्यान

Leave a comment

Your email address will not be published. Required fields are marked *