भरतबन्धु कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित

सुर्खेत, १९ असार ।
लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिले थापालाई पर्यटन दूत बनाएको हो ।
कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पु¥याए बापत थापालाई पर्यटन दूत मनोनित गरिएको महासंघको कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले यो निर्णय गरेको हो । भगवतीमाई गाउँपालिका–४ मनघर दैलेखका थापा दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित तस्वीरमा नेपाल’ सहित पाँचवटा पुस्तक प्रकाशित गरेका थापा प्रकृति र जनजीवनको फोटो खिच्न रुचाउँछन् । थापा सामाजिक अभियानमा पनि सक्रिय छन् ।

भरतबन्धु कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित

“मेहनत गरे सफलता हात पर्दो रहेछ”

Leave a comment

Your email address will not be published. Required fields are marked *