दैलेख र अछाम जिल्लाका किसानलाई जलवायु तथा महिलामैत्री कृषि सामग्री

दैलेख,१९ असार ।

दैलेख र अछाम जिल्लाका दुई सय ५० जना किसानलाई जलवायु तथा महिलामैत्री कृषि सामग्री दिइएको छ । अछामका एक सय ४५ र दैलेखका एक सय पाँच जना किसानलाई सामग्री वितरण गरिएको हो ।  दैलेखको दुल्लु नगरपालिका र आठबीस नगरपालिका तथा अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकाका किसानलाई सामग्री वितरण गरिएको हो ।

डीसीए नेपालको सहयोगमा सोसेक नेपालमार्फत यी चारवटा स्थानीय तहमा ग्रीन कर्णाली परियोजना सञ्चालित छ । परियोजनाले सामग्री सहयोग गरेको हो । दुल्लु नगरपालिका–२ को तरिया कृषक समूहका १५, भगवती बडापोखरा कृषक समूहका २०, राजमार्ग कृषक समूहका २० जनालाई सामग्री उपलब्ध वितरण गरिएको परियोजनाको उद्यम विकास अधिकृत पुस्करप्रसाद शर्माले बताए ।

यस्तै, आठबीस नगरपालिका वडा नम्बर २, ३ र ९ का लाँलीगुराँस कृषक समूहका १०, कालिका आमा समूहका १०, जनचेतना कृषक समुहका १५ र कालिका कृषक समूहका १५ जनालाई सामग्री दिएएको उद्यम विकास अधिकृत शर्माले जानकारी दिए । अछामको पञ्चदेवल विनायक नगरपालिका–३ र ९ का चिलतडा कृषक समुहका ३०, कर्णाली नमूना कृषक समुहका २५, नानाखाल कृषक समुहका ३० र सगरमाथा कृषक समुहका २० जनालाई सामग्री दिइएको छ ।

यस्तै अछामकै तुर्माखाँद गाउँपालिका–३ का सिद्धपाइला र त्रिवेणी कृषक समुहका २०÷२० जना किसानलाई सामग्री वितरण गरिएको उद्यम विकास अधिकृत शर्माले जानकारी दिए । जलवायु परिवर्तनको असर न्युनिकरण तथा किसानको आम्दानीमा वृद्धि हुने अपेक्षासहित किसानलाई जलवायु तथा महिलामैत्री कृषि सामग्री दिइएको हो,’ उनले भने ।

किसानलाई वितरण गरिएको जलवायु तथा महिलामैत्री कृषि सामग्रीहरुमा गार्डेन पाइप, पञ्जा, पलास्टिक ड्रम, दाँते, ग्लोब्स, स्थायी र अस्थायी पोलीहाउस, पलास्टिक पोखरी तथा काँक्रा, टमाटर लगायतका बीउ छन् । किसानलाई झण्डै २८ लाख बराबरको सामग्री वितरण गरिएको हो । सोसेक नेपालका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाले किसानलाई २७ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएको बताए ।

महिला र विदेशीने युवाहरुलाई जीविकोपार्जनमा सहयोग पु¥याउने गरी ग्रिन कर्णाली परियोजनाले काम गरिरहेको परियोजना संयोजक रन्जिता बिसीले बताइन् । ‘जलवायु तथा महिलामैत्री पर्यावरणीय कृषि र लद्यु उद्यमहरुको प्रर्बद्धन तथा साना किसान विशेषगरी महिला र युवाहरुको उत्थानशिल जीविकोपार्जनमा योगदान पु¥याउने परियोजनाको लक्ष्य हो,’संयोजक बिसीले भनिन् ।

स्रोत :  अन्नपुर्ण

दैलेख र अछाम जिल्लाका  किसानलाई जलवायु तथा महिलामैत्री कृषि सामग्री

पोखरा स्पोर्ट्स अवार्ड : अरुणा र प्रदीप

Leave a comment

Your email address will not be published. Required fields are marked *