पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा

हुम्ला,१९ असार ।

ग्रेट हिमालयन ट्रेलको यात्रा गर्दै गर्नु भएका एक जना पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नाम्खा गाउँपालिका–५ को नारा लेखबाट हिल्सा जादै गरेका पर्यटकबाट सडकमा काम गर्ने कामदारले लुटपात गर्न खाजेका हुन ।

प्रहरी निरीक्षक दिपक मल्लका अनुुसार जर्मन नागरिक ३८ वर्षका मेटियर्स इक्मालाई हिल्सा सिमकोट सडक आयोजनाको नारा लेकमा काम गर्दै गरेका कामदारहरुले शनिवार दिउसो ३:०० बजे लुटपात गरेको उजुुरीको आधारमा नियन्त्रणमा लिएको बताए । उनले पर्यटकलाई लुटपात गर्ने कामदारहरुमा हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार खेम सुनार र विजय बिष्ट रहेको उनिँहरु सबै १७ देखि १९ वर्ष उमेर समुहका रहेका छन् ।

उनीहरु सबै दाङ जिल्लको घोराही र तुलसीपरका रहेको छन् । उनले नियन्त्रणमा लिएका सातै जनाले प्रहरीलाई स्थलगत रुपमा दिएको बयान अनुुसार पर्यटक एक्लै भएकोले पैसा होला भनेर शरिर तथा झोला खोजतलास गरेको उल्लेख भएको बताए । पर्यटकसंग तीन हजार भएको पाईएको प्रारम्भिक बयानमा बताएको जानकारी प्राप्त भएको छ । प्रहरी नियन्त्रणमा रहेका सातै जनालाई जिल्लामा ल्याउने कार्य भई रहेको छ ।

पुुर्बको कन्चनजंघा हिमालबाट ती पर्यटक हुम्लाको हिल्सासम्मको पैदल यात्रामा रहेका थिए । शनिवार उनको हिल्सा पुुग्ने कार्यक्रम रहेको थियो । उजुुरी दिएपछि उनलाई पनि प्रहरी जिल्ला प्रहरी कार्यलयमा ल्याउने कार्य भई रहेको जनाएको छ ।

स्रोत :  गोरखापत्र

पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा

सामाजिक सुरक्षा भत्ता वितरण घरघरमै

पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा

जवा नदीको बालुवा बेचेरे परिवारको गुजारा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!