भिरबाट लडेर महिलाको मृत्यु

जाजरकोट,१६ मंसिर ।
जाजरकोटको बारेकोटमा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्नका लागि नजिकको भिरमा गएकि बारेकोट —५ धुमाकी ३५ बर्षीया पदमकली चलाउनेको भिर बाट लडेर मृत्यु भएको हो ।
स्थानीय कमलदिप कार्कीका अनुसार बिहीबार बेलुका सम्म पनि पदमकली घर नफर्के पछि खोजि गर्ने क्रममा पदम कलि नजिकैको भिरको खोचमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।
गोरखापत्र





