यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,१६ मंसिर ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही रहनेछ ।

तराईका भू–भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

रातोपाटी

यस्तो छ आजको मौसम पूर्वानुमान

नयाँ सहर आयोजना अलमल

यस्तो छ आजको मौसम पूर्वानुमान

नवलपरासी जीप दुर्घटनामा मृत्य भएका चारै जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *