छिन्चुमा २ महिना अघि बौलाह कुकुरले टोकेका युवकको मृत्यु

छाडा कुकुरको टोकाई बाट बच्न पशुपंक्षी बिकास शाखा प्रमुख भोज प्रसाद चपाईको अनुरोध,

दिलिप ढकाल
सुर्खेत,१६ मंसिर ।

भेरिगंगा नगरपालिका वडा नम्बर १२ राजिगाउ निवासी छिरेंद्र खत्री लाई करिब दुइ महिना अगाडी अर्थात दशैँ आसपासमा बाटोमा अपरिचित कुकुरले टोक्यो। त्यसपछि उनले रेबिज बिरुद्द लगाउनु पर्ने ५ वटा सुई सुई मध्ये दुई वटा सुई लगाए तर तिन वटा सुई लगाएनन ।

गह भरि आशु बनाउदै छिरेंद्र बुवा नेत्र खत्री भन्छन , मैले त छोराले सबै सुई लगायो होला भन्नि सोचेको थिए तर लगाको रहिन्छ । उनि भन्छन मृत्यु हुनु भन्दा १ दिन अगाडी छोराले भनेको थियो बुवा मलाई कुकुरले टोक्दा लगाउनु पर्नी ५ वटा रेबिज बिरुद्द को सुई मध्ये २ वटा मात्र लगाएको हो कतै नराम्रो हुनी त हैन ।

उनि भन्छन किन तेसो गरेको बाबु लगाउनु पर्छत् कि मलाई भन्नु पर्थ्यो। तर पनि मन दरो बनाउन बाबु सुई फेरी लगाउला भनेर मन भुलाउने कोसिस गरे अनि छोरा लाई घर छोडेर बिहानै गाडी चलाउन गए । गाडी चलाउदै गर्दा दिउसो पख फोन आयो घर आउनु पर्यो बाबु बिरामी छ ।

अनि हतार हत्रा गाडी बजारमा छोडेर घर गए तर छोराले संसार छोडी सकेको रहिछ । उनि भन्छन सकेजति कोसिस गरे छोराको लागि तर बचाउन सकिन दैबको लिला यस्तै रहिछ सहनै पर्दो रहिछ। यसै बिच गाउ तथा बजारमा भएका सामुदायिक (छाडा ) कुकुर हरु लाई नियन्त्रण गर्नको लागि भेरिगंगा नगरपालिका पशुपंक्षी बिकास साखाले भुमि ब्यबस्था कृषि तथा सहकारी बिकाश मन्त्रालय लाई रेबिज रोग नियन्त्रण गरिदिन पत्र पठाएको छ ।

भेरिगंगा नगरपालिका पशुपंक्षी बिकास साखा प्रमुख भोज प्रसाद चपाई र प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पोख्रेल द्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा पशुपंक्षी बिकाश निर्देसनालय सुर्खेत लाई बोदार्थ राखी रेबिज रोग नियन्त्रण सम्बन्धि आबश्यक सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ।

भेरिगंगा नगरपालिका पशुपंक्षी बिकास साखा प्रमुख भोज प्रसाद चपाईले यति बेला जताततै रेबिजको संक्रमण फैलिएको ले सबै जनाले आ–आफ्नो ठाउ बाट सक्दो सहयोग गर्न अपिल गरेका छन् । विभिन्न संचार माध्यम एफ एम रेडियो पत्रपत्रिका अनलाइन बाट प्रचार प्रसार तथा प्रकाशन गरिसकेको हुदा अब सबै जना आ–आफ्नो ठाउ बाट चनाखो हुन पनि अनुरोध गरेका छन् ।

छिन्चुमा २ महिना अघि बौलाह कुकुरले टोकेका युवकको मृत्यु

जाजरकोटमा मोटरसाइकल ठक्करले एक जनाको मृत्यु

छिन्चुमा २ महिना अघि बौलाह कुकुरले टोकेका युवकको मृत्यु

सत्ता गठबन्धनलाई बहुमत !

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!