सभामुखविद्व महाअभियोग प्रस्ताव ल्याउछौं : गोकुल बास्कोटा

सुर्खेत, १८ फागुन ।
पुर्व मन्त्री समेत रहेका नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुख विरुद्ध एमालेले महाअभियोगको प्रस्ताव ल्याउनसक्ने बताएका छन् ।
एमालेलाई परास्त गर्ने भुमिका खेलिरहेको भन्दै सभामुख अग्नि सापकोटाव विरुद्ध अनुकुलतामा उक्त प्रस्ताव ल्याउने उनले बताए । बुधबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने,झसभामुख पक्षपाती भए । सभामुख कुनै पार्टीको हैन् र त्यो पद संसदको सबैभन्दा माथिल्लो हो।
नेपाल खेलकुद महासङ्ग कर्णाली प्रदेशको प्रथम अधिवेशमा सहभागी हुन आएका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ञप्रचण्डझको विरोध गर्न सम्म गरे।
उनले भने,झप्रचण्ड जी खोलै खोला जान लाग्नुभाछ । एमसीसीका विरुद्धमा पहाड सिर्जना गर्ने पनि प्रचण्ड नै हुन् । एमसिसिका बारेमा उहाँले एउटा पहाड सिर्जना गर्न खोज्नुभयो। साथै नेता बास्कोटाले एमसिसि परियोजना त्यति गिजोल्नुपर्ने नभएको भन्दै एमालेको बचाउ गरे।






