शिवरात्रीमा भाङ्गोबाट एकको मृत्यु दर्जन बढि बिरामी

सल्लीबजार, १८ फागुन ।
सल्यानको दर्मा गाउँपालिकामा अत्याधिक भाँगो खाँदा एक जनाको मृत्यु भएको छ भने एक गाउँका दर्जनबढी विरामी परेका छन् । सल्यान दार्मा गाउँपालिका वडा नं. ३ धुलखर्क निबासी १७ बर्षिय हिमाल बिक्रम चन्द को भाङ खायर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
बेहोस अबस्थामा घरमा भेटेपछि आफन्तले दार्मा गाउँपालिका-३ फारुलामा रहेको दोभान पोलिक्लिक प्रा.लि. लिने क्रममा बाटोमै मृत्युु भैसकेको डा. उज्वल पुरीले बताए ।
साथै शिवरात्रीको अवसर पारी धेरै युवाहरुले भाङ्गो, धतुरो सेवन गरेर दर्जन बढि युवा बिरामी भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनु भएको छ ।






