युक्रेनको दक्षिणी सहर रुसी सेनाको कब्जा, रकेट हमला पाँचको मृत्यु, अक्सिजन र स्वास्थ्यकर्मी अभाव

काठमाडौं, १८ फागुन ।
रुसी हमलाको सातौं दिन युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा पुगेको छ । औषधि र खानेकुरालगायत खाद्यन्नको आपूर्ती सुनिश्चतका लागि राष्ट्रिय सरकारलाई सहयोग गर्न सो सहरका मेयरले आह्वान गरेका छन् ।

रुसी सेनाको हमलामा २०० जनाको मृत्यु भएको स्थानीय परिषद्का एक सदस्यले जानाकारी दिएका छन् । मारिनेमध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।

उत्तरपश्चिमी युक्रेनी सहर जाइटोमायरमा आपतकालीन कर्मचारीहरुले रुसी सेनाको मिसाइल हमलामा आवसीय भवनमा लागेको आगो निभाइरहेका छन् । सो सहरमा चारजना मारिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

युक्रेनको टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको मृत्यु
दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ ।

किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन् । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

युक्रेनमा अक्सिजन र स्वास्थ्यकर्मीको अभाव
शक्तिशाली मुलुकहरूले कमजोर मुलुकलाई एक्ल्याउँदै आक्रमण गर्ने, नाकाबन्दी गर्ने, आफूअनुकूलको सरकार बनाउन दबाब दिने, आफूले राखेका जस्तासुकै प्रस्ताव स्वीकार गर्नुपर्ने बाध्यातामा पार्दै आएका छन् ।

त्यसकै ज्वलन्त उदाहरण रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिन सकिन्छ । विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएसँगै स्वास्थ्य मापदण्डको पालना गरेर मात्र घरबाहिर निस्कन पाउने विश्व स्वास्थ्य संगठनको आह्वानले रुसले युक्रेनमाथि आक्रण गर्दा कसले पालना गरे ?

युक्रेनमा यति बेला रुसको हमलाका कारण ज्यान जोगाउनका लागि कुनै पनि मापदण्डको पालना गर्न सक्ने अवस्था छैन । उल्टै आक्रमणबाट गम्भीर घाइते भएका योद्धा, सर्वसाधारणको उपचारका लागि मेडिकल सेन्टरमा आवश्यक पर्ने औषधि, अक्सिजन, जनशक्तिको अभाव भएकाले युक्रेनका स्वास्थ्यमन्त्रीले स्वास्थ्य उपचारका लागि सहयोग गर्न अन्य मुलुकका चिकित्सक र स्वास्थ्य कार्यकर्तालाई आग्रह गरेका छन् ।

यस्तो अवस्थामा विश्वको स्वास्थ्य क्षेत्रलाई नीति, निर्देशन, आवश्यक औषधि, जनशक्तिलगायतको स्वास्थ्य सामग्रीका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको विश्व स्वास्थ्य संगठनले युक्रेनमा अक्सिजन तथा मेडिकल उपकरण र जनशक्तिको अभाव हुने कुरा औल्याउँदै अति आवश्यकीय स्वास्थ्य सामग्री अन्य साझेदार संस्थासँग मिलेर पोल्यान्डलगायतका मुलुकबाट ल्याउने वातावरण बनाउँदै गरेको जनाएको छ ।

युक्रेनका विभिन्न अस्पतालहरुमा उपचारका लागि भर्ना भएका बिरामीहरुलार्ई चाहिने आवश्यक अक्सिजना, औषधि, जनशक्ति र उपचारका लागि सुरक्षित बस्ते स्वास्थ्य संस्थाको समेत अभाव हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै लेखेका छन् । यसका साथै विगतमा दातृ निकायहरुको सहयोग, विदेशी नियोगहरुबाट सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरु पनि रुसले आक्रमण थाले यता प्रायः बन्द हुँदै गएको जनाइएको छ ।

रुसले क्षेप्यास्त्र प्रहार गर्दा युक्रेनका जनताका लागि स्वस्थ खानेपानी वितरणका लागि बनाइएको मुख्य खानेपानीको भण्डारणमा समेत क्षति पुगेको अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले जनाएको छ ।

आईसीआरीका अनुसार युक्रेनका करिब १० लाख मानिस स्वच्छ खानेपानीबाट वञ्चित भएका छन् । रुसको आक्रमणका कारण युक्रेनमा ठूलो स्वास्थ्य समस्या, सरुवा रोगको महामारी लगायतको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आईसीआरसीले जनाएको छ ।

युद्धमा होमिएको रुसले युक्रेनमा बसोबास गर्ने अन्य मुलुकका नागरिकलाई समेत देश छोड्नसम्म समय नै नदिई आक्रमण गरेकाले लाखौं विदेशी नागरिकहरू भोक, रोग, तनावका बाबजुद्ध आफ्नो मुलुकको सरकारसँग सहयोगको अपिल गरिरहेका छन् ।

युक्रेनमा नेपाली नागरिक पनि स्थायी र अस्थायी बसोबास, अध्ययन अध्यापनमा रहेका छन् । केही स्थायी बसोबास गरेका उद्योगी, व्यवसायी, कामदारहरुले अप्ठ्यारोमा परेका नेपालीलगायत अन्य मुलुकका नागरिकलाई पनि सहयोग गर्दै आएका छन् ।

युक्रेनको दक्षिणी सहर रुसी सेनाको कब्जा, रकेट हमला पाँचको मृत्यु, अक्सिजन र स्वास्थ्यकर्मी अभाव

सभामुखविद्व महाअभियोग प्रस्ताव ल्याउछौं : गोकुल बास्कोटा

युक्रेनको दक्षिणी सहर रुसी सेनाको कब्जा, रकेट हमला पाँचको मृत्यु, अक्सिजन र स्वास्थ्यकर्मी अभाव

जाजरकोटमा सहकारीद्वारा ४ सय ५० बाख्रा वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *