बाजुराको मतगणना अझै अनिश्चित, दुई पटकको बैठक निष्कर्षविहीन

बाजुरा,१५ मंसिर ।

बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो ।

निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो ।

आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बोलाएको तर सबै दलको उपस्थिति नभएपछि बैठक ११ बजे बोलाएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।

नेकपा एमाले बाजुराले कांग्रेस कार्यकर्ताको कुटपिटबाट ज्यान गुमाएका विद्यार्थी चेतन अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने र अयडीको न्यायको लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई विना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने बताउँदै आएको छ ।

रातोपाटी

बाजुराको मतगणना अझै अनिश्चित, दुई पटकको बैठक निष्कर्षविहीन

माओवादी नेता भण्डारीलाई जुम्ला इन्चार्जको जिम्मेवारी

बाजुराको मतगणना अझै अनिश्चित, दुई पटकको बैठक निष्कर्षविहीन

नेपाली भूमिबाटै वाल्मीकि आश्रम पुग्ने झोलुंगे पुल

Leave a comment

Your email address will not be published. Required fields are marked *