सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन

सुर्खेत,१५ असोज ।

कर्णालीमा चाडपर्वका बेलामा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशभर चार हजार १४१ जना प्रहरी परिचालन गरिएको छ भने सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी माधवप्रसाद श्रेष्ठका अनुसार सुर्खेतमा सुरक्षा व्यवस्थालाई कडा पार्न दुई वटा तालिम प्राप्त कुकुर सुर्खेत ल्याइएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा आपराधिक क्रियाकलाप बढी हुने गरेका छन् भने लागूऔषध कारोबार पनि धेरै हुने गरेको प्रहरीको निष्कर्ष छ । सोही कुरालाई विचार गरेर एउटा लागू औषध ।सम्बन्धी र एउटा विस्फोटक पदार्थ, हातहतियारसम्बन्धी चेकजाँच गर्ने कुकुर ल्याइएको श्रेष्ठले बताए । कर्णालीको प्रवेशद्वार भनेको बबई, छिन्चु हो ।

चाडपर्वको समयमा कुनै हातहतियारहरु, विस्फोटक पदार्थ र लागूऔषध कारोबार हुन्छ कि भनेर पूर्व तयारीस्वरुप कुकुर परिचालन गरिएको छ । शुक्रबार छिन्चु कोहलपुर–सुर्खेत वीरेन्द्रनगर, सल्यान, जाजरकोट जाने सवारी साधनको चेकजाँच गरिएको थियो भने शनिबार राजधानी वीरेन्द्रनगरमा कुकुर ल्याइएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार सुर्खेत बाहेक अन्य जिल्लामा कुकुर परिचालन गरिने छैन । अन्य जिल्लाहरुमा सुरक्षा व्यवस्थालाई कडा पार्नका लागि प्रहरी परिचालन गरिएको छ । दसैँको समयमा कसैले हातहतियारहरु, विस्फोटक पदार्थहरु ओसारपसार हुन सक्छ कि भनेर कुकुर परिचालन गरिएको उनले बताए ।

गोरखापत्र

सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन

गुर्भाकोटमा बजार अनुगमन :गार्डेन मार्टमै भेटियो म्याद

सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन

सल्यानको जिमालीमा जिप दुर्घटना

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!