सामाजिक सञ्जालको ‘पोस्ट’ले ४५ वर्ष जेलमा

काठमाडाै,१६ भदाै

प्रभावकारि  भसाउदी अरबको एउटा अदालतले एकजना महिलालाई सामाजिक सञ्जालको प्रयोगबाट देशलाई हानि पुर्‍याएको आरोपमा ४५ वर्षको जेल सजाय सुनाएको छ । साउदीमा यो महिना महिलालाई यस्तो सजाय सुनाइएको यो दोस्रो घटना हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीले देशको सामाजिक एकतामा बाधा पुर्‍याएको आरोपमा साउदी अरबको सबैभन्दा ठूला जनजाति समूहकी महिला नोराह बिन्त सईद अल–काहतानीलाई ४५ वर्षको कारावासको सजाय सुनाइएको वासिङ्टनस्थित मानव अधिकारवादी संस्था वाचडग डेमोक्रेसी फर अरब वल्र्डलाई उद्धृत गर्दै फक्स न्यूजले जनाएको छ ।

अल–काहतानीले अनलाइन के पोस्ट गरे वा उनको सुनुवाइ कहाँ भयो भन्ने बारेमा भने केही खुलाइएको छैन । उनले केवल आफ्नो विचार ट्वीट गरेकी थिइन् । यसअघि पनि एक जना ३४ वर्षीया महिलालाई ट्वीट गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई लिएर अन्तर्राष्ट्रियस्तरमा विरोध भएको थिए ।

गाेरखापत्र

सामाजिक सञ्जालको ‘पोस्ट’ले ४५ वर्ष जेलमा

प्रभावकारी भएन न्यायिक समिति

सामाजिक सञ्जालको ‘पोस्ट’ले ४५ वर्ष जेलमा

वीरेन्द्रनगरकाे मुख्य बजार वर्षैनि डुबान

Leave a comment

Your email address will not be published. Required fields are marked *