दशै तिहारमा गाउँ झिलिमिली बनाउने लक्ष्य वडाध्यक्ष पन्तको

दिपेन्द्र शर्मा

जाजरकोट १६ साउन।

जाजरकोट नलगाड नगरपालिका वडा नम्वर ४ मा विद्युतको केन्द्रीय प्रसारण लाईन बिस्तारको काम तिव्र गतिमा भैइरहेको छ । माझगाउँ, खालचौर, मान्चौर, कोठिगाँउ, पाटा, भाच्चिउरा, सिमा, औलमा विस्तारको बत्ती बिस्तार गर्ने काम भई रहेको वडाध्यक्ष बद्री पन्तले बताए ।

घुवार र पिपलचौरमा बत्ति बलिसकेको छ भने बाउसे खोलामा मिटर बक्स जोडेका घरले पनि बत्ति बलिरहेका छन् ।  अहिले बत्ति बाल्नको लागि फारम भर्ने र रकम संकलन गर्ने काम भैरहेको र मिटर बक्स आउन वित्तिकै वत्ति जडान गरिने उनले बताए वडाबासीको सुविधाको लागि प्रत्येक घर र टोलटोलमा गएर फारम भर्ने र मिटर वक्सको लागि रुकम संकलन गर्ने गरिएको छ ।

दशै तिहारसम्म गाउँमा बिजुली बत्ति बाल्ने लक्ष्यसहित आफु लागि परेको पनि वडाध्यक्ष पन्तले बताए । जतिसक्यो चाडो बत्ति बाल्ने गरी काम भैइरहेको छ, उनले भने, बरु फारम भर्ने र मिटर वक्सको लागि रकम संकलन गरि दिनु होला ।  केन्द्रीय प्रसारण लाईन विस्तारको लागि काम भैइरहेकोले नआतिन पनि वडाबासीलाई वडाध्यक्ष पन्तले आग्रह गरेका छन् ।

दशै तिहारमा गाउँ झिलिमिली बनाउने लक्ष्य वडाध्यक्ष पन्तको

वडाध्यक्ष पन्तले भने, सानोतिनो विकासको काममा सरकारी

दशै तिहारमा गाउँ झिलिमिली बनाउने लक्ष्य वडाध्यक्ष पन्तको

हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब

Leave a comment

Your email address will not be published. Required fields are marked *