हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध

सिमकोट १६ , साउन  ।

हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो ।जिल्ला बाहिर नेपालगञ्ज र सुर्खेतबाट उडान हुन नसकेको सिमकोट विमानस्थलले जानकारी दिएको छ  ।

उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट दैनिक उपभोग्यवस्तु आयात हुन सकिरहेको छैन् । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर सुर्खेत, नेपालगञ्ज र बर्दिया लगायतका जिल्लामा लाइसेन्सको लागि परीक्षा दिन जाने परीक्षार्थी बढी मारमा रहेको सिमकोट गाउँपालिका– ७ का वीरबहादुर सिंहले बताए ।

सिमकोटमा तेल, चिनी, बेसार, मसाला लगायतसामग्रीको अभाव देखिन थालेको पसल व्यवसायीले बताउने गरेका छन् । तारा, समिट, नेपाल एयरलाइन्सले चार दिनदेखि उडान भरेका छैनन् भने सीता एयरले दुईदिनदेखि उडान नभरेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

स्राेत ः गाेरखापत्र

हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध

दशै तिहारमा गाउँ झिलिमिली बनाउने लक्ष्य वडाध्यक्ष

हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध

अतिक्रमणको चपेटामा परेको नलगाडको वन क्षेत्र खाली

Leave a comment

Your email address will not be published. Required fields are marked *