वडाध्यक्ष पन्तले भने, सानोतिनो विकासको काममा सरकारी बजेट खर्च गर्नु पर्दैन

दिपेन्द्र शर्मा
जाजरकोट १६ साउन ।

जाजरकोट नलगाड नगरपालिका ४ का वडाध्यक्ष बद्री पन्तले गाउँलेहरुको सहयोगमा सरकारी रकम खर्च नगरी गोरेटोको बाटो निर्माण गरेका छन् ।  बाढी पहिरोको कारण गाउँलेलाई आउन जान निकै समस्या भएको हुदा बाटो वडाध्यक्षको पलह र सक्रियता खनिएको हो ।

बाटो खन्न वडाध्यक्ष पन्त आफै कोदालो र फरुवा बोकेर गएका थिए । डोजरले सडक खन्दा बर्षेदेखि गाउँलेहरु हिडने गरेको बाटो बाढी पहिरो आएर विग्रएको थियो । बाटो नहुँदा पशुचौपाय ल्याउन लैजान पनि निकै समस्या भएको थियो । खन्नेरी बाइठाना हुँदै सिमा काल्चिउरासम्मको बाटोलाई मर्मैत गरेर मानिस र पशुचौपाय हिडने बनाइएको स्थानीय हिरालाल रावलले बताए ।

वडाध्यक्षले पहल कदमी नलिएको भए सायद बाटो बन्दैन्थ्यो होला, उनले भने, बाटो खन्न वडाध्यक्ष आफै कोदालो र फरुवा वोकेर आएपछि गाउँले साथ नदिने कुरै भएन । वडाध्यक्षकै आँटले गर्दा बाटो निर्माण गर्न सफल भएको उल्लेख गदै उनले मान्छेहरु विते भने पनि घाटसम्म लिन निकै सकस थियो अब त्यो समस्या अन्त्य भयो ।

बाढी पहिरोको कारण गाउँबासीको बर्षे पुरानो बाटो विग्रेर जोखिमपूर्ण भएको देखेपछि आफै बाटो निर्माणमा जुटेको वडाध्यक्ष पन्तले बताए । उनले भने, सानो तिनो विकास निर्माणको लागि सरकारी बजेट नै खर्च गर्नु पर्छ भन्ने छैन । श्रमदान गरेर पनि विकासका कामहरु गर्न सकिन्छ ।

वडाध्यक्ष पन्तले भने, सानोतिनो विकासको काममा सरकारी बजेट खर्च गर्नु पर्दैन

आठविसकोट नगरपालिकामा युवाहरु बिच झगडा

वडाध्यक्ष पन्तले भने, सानोतिनो विकासको काममा सरकारी बजेट खर्च गर्नु पर्दैन

दशै तिहारमा गाउँ झिलिमिली बनाउने लक्ष्य वडाध्यक्ष

1 Comment

  1. Chandra Bdr Khatri भेरिगङ्गा १० सुर्खेत नेपाल
    04th Aug 2022 Reply

    सर्बप्रथम त आत्मिय भाइ बद्री लाई हार्दिक आभार प्रकट गर्दछु ।
    नेपाल भरिका वडा अध्यक्ष लगाएत सरकार लाई नै गतिलो चुनौती हो यो जनताले कर तिरेको रकम बाट परिवार धान्ने सम्पुर्ण जन प्रतिनिधि हरुले बद्री पन्त बाट पाठ सिक्न जरुरी छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *