कालिमाटीको सिरेनीमा विद्युत पुग्यो

दिलिप ढकाल
गुर्भाकोट, १८ चैत्र ।
सल्यान जिल्लाको दुर्गम ठाउँको रुपमा चिनिएको कालिमाटी गाउँ पालिका वडा नम्बर ६ सिरेनीमा बिद्युत प्रसारण लाइनको उद्घाटन हुने भएको छ ।
सल्यान जिल्लाका संघीय सासद टेक बहादुर बस्नेतको प्रमुख आथित्यतामा विद्युत प्रसारण लाइनको उद्घाटन हुने भएको कालिमाटी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टेकराज पुलामीले जानकारी दिनुभयो ।
यहि चैत्र २० गते बिहान ११ बजे कालिमाटी गाउपालिका वडा नं. ६ को सिरेनी मा उक्त विद्युत प्रसारणको उद्घाटन हुनेछ । तत्कालिन अबस्थामा जनता माँझ जाँदा बत्ती बाल्ने सपना नबाँडेपनि आफ्नो पहल र विद्युत प्राधिकरणको सहयोगमा विद्युत प्रसारण लाईन जडान भएर जनताको घर–घरमा बत्ती बाल्न पाउँदा आफू हर्षित भएको वडा अध्यक्ष टेकराज पुलामीले जानकारी दिनुभयो । विद्युत लाईन जडान भएपछि तत्काल ६ नम्बर को छरछरे–सिरेनी–कुमलडाँडा लगायतको क्षेत्रमा बत्ती बल्ने छ ।






