मेहेलकुनामा एमालेको कार्यकर्ता भेला

दिलिप ढकाल
गुर्भाकोट (सुर्खेत), १८ चैत्र ।
स्थानीय तहको निर्बाचन मिति नजिकिए संगै विभिन्न दलका नेताहरु देश दौडाहमा निस्किएका छन् । विभिन्न पार्टीले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई पनि तिव्रता दिएका छन् ।

यसै क्रममा नेकपा एमाले गुर्भाकोट नगर कमिटीको आयोजनामा गुर्भाकोट नगरपालिको सिटी हलमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमाले स्थानीय तह निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला कार्यक्रम भब्य तथा सब्य रूपमा सम्पन्न भएको हो ।

उक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कडेलले आउँदो निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी प्रचार प्रसार, घरदैलो अभियानमा जुटन निर्देशन दिए ।

भेलामा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य खगेन्द्र बहादुर घर्ती, प्रतिनिधि सभा सदस्य धुर्ब कुमार शाही, निबर्तमान प्रदेश सभा सदस्य एवम नेकपा एमाले नेता ठम्मर बहादुर बिष्ट, जिल्ला कमिटी अध्यक्ष अमृत बिसि, प्रदेश कमिटी सदस्य चुडामणि शर्मा, मान बहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा जिल्ला कमिटी सदस्यहरु, विभिन्न जनबर्गिय संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त अगुवा कार्यकर्ता भेला नेकपा एमाले गुर्भाकोट नगर कमिटी अध्यक्ष देब बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रम सञ्चालन नेकपा एमाले गुर्भाकोट नगर कमिटी सचिव शशि भट्टराईले गर्नुभएको थियो । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरि १५० जना नेकपा एमालेमा समायोजित भएका छन् । उक्त कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सबैलाई नेकपा एमाले गुर्भाकोट नगर कमिटी हार्दिक धन्यबाद ब्यक्त गरेको छ ।

मेहेलकुनामा एमालेको कार्यकर्ता भेला

राराका गाइडले पाएनन् काम

मेहेलकुनामा एमालेको कार्यकर्ता भेला

बलात्कारको आरोप लगाएर बयान बदल्ने महिलालाई तीन

Leave a comment

Your email address will not be published. Required fields are marked *