निर्णायकले प्रस्तुति नबुझेपछि कमेडी च्याम्पियनको शेटमै रोए विक्की

काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधिका दावेदार मानिएका प्रतियोगी मध्येका एक हुन् विक्की अग्रवाल । विक्की शोको हरेक एपिसोडमा फरक–फरक प्रस्तुति दिँदै दर्शक र निर्णायक रिझाएर उत्कृष्ट ४ मा पुग्न सफल भएका थिए ।

शनिबार साँझको नयाँ एपिसोडमा पनि उनले फरक दिने कोसिस गरे । जसका लागि उनले रोजेका थिए ‘माइम एक्ट’ । ‘माइम एक्ट’ मा उनले मानिस निदाएको बेला मन कसरी सक्रिय रहन्छ ? भन्ने प्रस्तुति मोनोलकको सहारमा प्रस्तुत गरेका थिए ।

उनले यो प्रस्तुतिबाट पनि आफ्नो यस अगाडिको प्रस्तुतिमा झै दर्शक हाँस्ने अपेक्षा गरेका थिए । तर हाँसो र तालीको गडगडाहाट रहँदै आएको शोमा यो पटक भने उनको प्रस्तुतिमा सन्नाटा छायो ।

विक्कीको आफ्नो नयाँ थिम दर्शक र निर्णायकका लागि नयाँ स्वाद हुने सोचका साथ प्रस्तुति राखेका थिए । अपसोच, विक्कीको राखेको उक्त प्रस्तुति न निर्णायकले बुझे, न त्यहाँ उपस्थित दर्शकले । सोही कारण उनको प्रस्तुतिमा दर्शक तथा निर्णायकले पहिले झै मनोरञ्जनात्मक फिल गरेनन् । सोही कारण पनि विक्की निकै भावुक देखिन्थे । उनको आँखा आँसुले भरिएको थियो ।

आफ्नो प्रस्तुति निर्णायकले राम्रोसँग महसुस नगरेको अनुभव गरेका विक्कीले कार्यक्रममा भने–‘मलाई थाहा छ, यो प्रस्तुतिले फाइनल नपुर्याउन सक्छ ।’ विक्कीको प्रस्तुतिमा कुनै चाख नदेखाएका तीन निर्णायक प्रदिप भट्टराई, ऋचा शर्मा र मनोज गजुरेलले प्रस्तुतिको केही तारिफ त गरे । तर उनीहरुको तारिफ गर्ने शैलीले सजिलै अनुमान गर्न सकिन्थ्यो । प्रस्तुति उनीहरुले राम्रो रुपमा बुझ्न सकेनन् ।

निर्णायक सन्तोष पन्तले विक्कीको प्रस्तुति नबुझेको खुलेआम बताए । उनले भने ‘नेपाली समाज र दर्शकले तिम्रो प्रस्तुति बुझ्दैन । मैले त बुझिनँ ।’ पन्तले विक्कीलाई आफ्नै टेस्ट दिन समेत सुझाएका थिए ।

शोमा अतिथिका रुपमा पुगेको कलाकार किरण केसीले भने विक्कीले फरक टेष्ट दिएको प्रशंसा गरे । उनले भने– ‘सोमा सबै प्रस्तुतिले हँसाउँछ भन्ने छैन । तपाईको प्रस्तुति उत्कृष्ट थियो । खुसी लाग्यो ।’

जजको कमेन्टपछि विक्की रुँदै बाहिरिएका थिए । ब्याक स्टेजमा पनि उनी रोएको देख्न सकिन्थ्यो

निर्णायकले प्रस्तुति नबुझेपछि कमेडी च्याम्पियनको शेटमै रोए विक्की

घुँयत्राे

निर्णायकले प्रस्तुति नबुझेपछि कमेडी च्याम्पियनको शेटमै रोए विक्की

कलाकार शाहलाई लाइफटाइम, सुवेदीलाई पत्रकारिता पुरस्कार

Leave a comment

Your email address will not be published. Required fields are marked *