तीन वर्षदेखि बाबुबाटै छोरी बलात्कृत


दैलेख : आमा माइती घरमा गएकी थिइन् । घरमा भाइबहिनी र बुबा थिए । मध्यराती भाइबहिनीसँग सुतिरहेको बेलामा बाबु एक्कासी कोठाभित्र पसे । उनका शरीर सुम्सुम्याउन थाले ।

उनले आफूमाथि के हुँदै थियो भन्ने मेसो पनि पाइनन् । बुबालाई यो के गर्नु भएको भन्दा ‘चुप लाग भाइबहिनीले थाहा पाउँछन् भन्दै थर्काउन थाले ।’ उनले नाइँ भनिन् । चिच्याउन खोजिन् तर, बाबुले मुख थुनिदिए । त्यसपछि बेहोसझैं भइन् । होसमा आउँदा लगाएका कपडा आफ्नो शरीरमा थिएनन् ।

यो घटना तीन वर्षअघिको हो । उनी त्यसबेला कक्षा ९ मा पढ्थिन् । यसबारे उनले कसैलाई भन्न सकिनन् । यो क्रम त्यतिमै सीमित रहेन । पटक– पटक दोहोरियो । उक्त घटनापछि उनी बिरामी परिन् । काप्ने, चिच्याउने, बर्बराउँदै बेहोस् हुन थालिन् । उनका बुबाले त्यसैले फाइदा उठाउँदै गए । आमा र भाइबहिनी घरमा नभएको बेला उनी बाबुबाटै बलात्कारको सिकार बनिरहिन् ।

आफैँले जन्माएको छोरी आफ्नै पतिबाट बलात्कृत हुँदै आएको उनकी आमालाई पनि थाहा थियो । तर, समाजमा बेइज्जत हुने डरले उनकी आमाले पनि मुख खोल्न सकिनन् । उनी हाल कक्षा १२ मा अध्ययनरत छिन् । दैलेखकी १७ बर्षीया बालिका तीनवर्षदेखि ३६ वर्षीय आफ्नै बुबाबाट बलात्कृत हुँदै आएको खुलेको छ ।

बाबुबाटै निरन्तर बलात्कृत हुँदै आएकी ती बालिका बाबुले दिएको पीडा सहन नसकेर गत भदौ अन्तिम साता घरबाट भागिन् । घरबाट भागेर उनले दैलेखकै एक होटलमा काम गर्न थालिन् । त्यहाँ उनले महिनादिनसम्म काम गरिन् । त्यसपपछि उनी सुर्खेतस्थित आफन्तको शरणमा पुगेकी थिइन् । उक्तघटनाबारे अधिकारकर्मीसम्म आइपुगेपछि उनलाई सुर्खेतबाट उद्धार गरी दैलेख ल्याइएको छ ।

बालिकालाई उद्धार गरेपछि प्रहरीले कानूनी प्रक्रिया अघि बढाएको छ । प्रहरीले आफ्नै छोरीमाथि तीनवर्षदेखि पटक–पटक बलात्कार गर्ने बाबुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद शाहका अनुसार पीडित बालिकाको आमाले छोरी बलात्कार गर्ने पतिविरुद्ध जाहेरी दिएकी छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले ती पुरुषले आफ्नै छोरीलाई डरत्रास र विभिन्न प्रलोभन देखाइ विगत तीन वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको खुलेको छ । पक्राउ परेका ती पुरुषलाई दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको डीएसपी शाहले बताए ।

यता जिल्लास्थित अधिकारकर्मीले आफ्नै छोरीमाथि तीनवर्षदेखि बलात्कार गर्ने बाबुलाई हदैसम्मको कानूनी कारबाहीको माग गरेका छन् ।

तीन वर्षदेखि बाबुबाटै छोरी बलात्कृत

लिमीवासीलाई कर्णाली सरकारको दुई सय क्वीन्टल खाद्यान्न

तीन वर्षदेखि बाबुबाटै छोरी बलात्कृत

नेपाल प्रहरीमा दुई हजार ३२० जनाका लागि

Leave a comment

Your email address will not be published. Required fields are marked *