जाजरकोटमा बस दुर्घटना : मृत्यु हुने पाचाँ जानाकै सनाखत


जाजरकोट : जाजरकोटमा आइतबार बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने पाचाँ जानाकै सनाखत भएको छ ।

मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालीका १० का शेरबहादुर परियार, कुशे गाउँपालीका ९की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्रिमको आठविसकोट नगरपालीका ५ की २४ वर्षीया सन्ध्या मल्ल शाही, उनकी चार वर्षीया छोरी दिव्या शाही, र सप्तरीका ४० विर्षीया गंगाराम यादव रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना६ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा भएको हो । दुर्घटनामा २८ जना घाइते छन् । घाइते मध्ये तीन जनाएको अवस्था गम्भीर रहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले बताए ।

घाइते सबै जिल्ला अस्पताल जाजरकोटमा उपचारमा भइरहेको छ । घाइते हुनेहरूमा जाजरकोटको कुशे गाउँपालिका–९ का गीता नेपाली, गणेश नेपाली, बारेकोट गाउँपालिका–९ का संगीता बुढा, कालीबहादुर बोहरा, मनीषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने रहेका छन् ।

यस्तै वडा नम्बर १ का खम्ब प्रसाद पुन, जाजरकोटकै नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, बिपना परियार, नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका रमेश विष्ट, कोहलपुरका शेरबहादुर खत्री, सप्तरीका हिरनजित यादव घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरू रेम्बो पुन र आस्या वली ठेगाना खुलेको छैन ।

दुर्घटनामा परेको बस सडकबाट करिब २०० मिटर तल खसेको छ ।

जाजरकोटमा बस दुर्घटना : मृत्यु हुने पाचाँ जानाकै सनाखत

इजरायलमा दुई हप्ता विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *