दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता

काठमाण्डौ : दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।

दक्षिण अफ्रिकाबाट कर्नाटक आएका केही यात्रुमा कोरोना सङ्क्रमण देखिएको छ । तर उनीहरु कुन प्रकारको भाइरसबाट सङ्क्रमित भएका हुन् भन्नेबारेमा खुलिसकेको छैन ।

प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यका सम्बन्धित अधिकारीको आपत्कालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिनुभएको छ । त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभावित देशसँगको उडानमा प्रतिबन्ध लगाउन माग गर्नुभएको छ ।

भारतले हङकङ, बोत्सवाना इजरायललगायतका देशबाट आउने सबै यात्रीको स्वास्थ्य जाँच गर्न निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई विश्वव्यापी चिन्ताको विषय भनेको छ ।

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज जावलाखेल

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि भारतमा पनि उच्च सतर्कता

दाङमा भिरबाट लडेर एक जनाको ज्यान गयो

Leave a comment

Your email address will not be published. Required fields are marked *