सर्वाधिक पुरानो टेनिस प्रतियोगिता विम्बल्डन आजबाट

काठमाडौं । टेनिसको सर्वाधिक पुरानो ग्रान्डसलाम प्रतियोगिता विम्बल्डन आज (सोमबार) बाट शुरू हुँदै छ। प्रतियोगिता ११ जुलाई सम्म चल्ने छ। प्रतियोगिता दुई वर्षपछि कोर्टमा फर्किएको हो। गत संस्करण कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन।

प्रतियोगितामा साविक च्याम्पियन सर्वियन नोभाक जोकोभिच राफेल नाडाल र रोजर फेडेरर समान २० पटकका ग्रान्डसलाम जित्ने लक्ष्यमा रहँदा रोजर फेडेरर २१ औ ग्रान्डसलाम हत्याउने ध्याउनमा हुने छन् ।

यहि प्रतियोगिताको तयारी गर्न भन्दै फेडेररले फ्रेन्च ओपनमा तेस्रो चरणबाट नाम फिर्ता लिएका थिए। महिला तर्फकी डिफेन्डिङ च्याम्पियन सिमोना हालेपले भने चोटका कारण प्रतियोगिता गुमाउने भएकी छिन् ।

धेरै टेनिस स्टारहरुले यो पटक नाम फिर्ता लिएका छन्। जसमा राफले नाडाल, सिमोना हालेप, नाओमी ओसाका, डोमिनिक थिएम, मिलोस राओनिक र डेविड गोफिन जस्ता खेलाडी प्रतियोगितामा देखिने छैनन् ।

९ जुलाई १९८७ बाट सुरु भएको प्रतियोगिता विश्वकै पुरानो टेनिस प्रतियोगिताका रुपमा रहेको छ। शुरूमा यो प्रतियोगितामा केवल मेन्स सिंगल्स मात्र भएपनि १९४४ पछि यसमा वुमेन्स सिंगल्स तथा मेन्स डबल्सको भिडन्त राखियो त्यस्तै १९१३ देखी वुमेन्स डबल्स र मिक्स डबल्स पनि राखिएको छ। प्रतियोगितामा ह्वाइट ड्रेस लगाउनु अनिवार्य छ ।

प्रतियोगितामा पुरुष तर्फ सर्वाधिक विम्बल्डनको उपाधि जित्ने कीर्तिमान रोजर फेडेररको नाममा रहेको छ। उनले ८ पटक विम्बल्डनको उपाधि जितेका छन्। महिला तर्फ अमेरिकी खेलाडी मार्टिन नवरातिलोवले ९ पटक यो उपाधि जितेका छन्।

सर्वाधिक पुरानो टेनिस प्रतियोगिता विम्बल्डन आजबाट

कर्णालीमा मंगलबार सार्वजनिक बिदा

Leave a comment

Your email address will not be published. Required fields are marked *