न्युयोर्कमा संकटकाल घोषणा

एजेन्सी : अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीले जनाएका छन्।

कोरोना भाइरसको महामारी बढ्दै गएको र कोरोना भाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेका छन्।

‘पछिल्लो समयमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिन संकटकाल लगाइएको हो’, गभर्नरले भने।

कोरोना भाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ।

अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकताअनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारे।

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता वृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए। त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ।

दक्षिण अफ्रिकामा नयाँ कोरोना भाइरसको रूपमा ओमिक्रोन कोरोना भाइरस फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरूप पनि न्युयोर्कमा संकटकाल घोषणा गरिएको अधिकारीले जनाएका छन्। न्युयोर्कसहित अमेरिकाले अन्य राज्यलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्था लागू गर्न आह्वान गरेको छ।
त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकलाई समेत विदेशबाट आउने यात्रुको प्रवेशमा कडाइ गर्न सुझाइएको छ।

न्युयोर्कमा संकटकाल घोषणा

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासलको

न्युयोर्कमा संकटकाल घोषणा

षडानन्द पुरस्कारको घोषणा

Leave a comment

Your email address will not be published. Required fields are marked *