छिनखेत बजार सरसफाई गरियो““

पश्चिम : रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्बर ४ छिनखेतमा रहेको सरसफाई गरिएको छ । बजार ब्यबस्थापन पुर्बाधार बिकास केन्द्र छिनखेतको आयोजना र अस्थाई प्रहरी पोस्ट छिनखेतको सहजीकरणमा बजार सरसफाइ गरिएको बजार ब्यबस्थापन पुर्बाधार बिकास केन्द्रका अध्यक्ष जोखबहादुर मल्लले जानकारी दिए ।
बजार बिस्तार भए देखि पहिलो पटक सरसफाई गरिएको अध्यक्ष मल्लले बताउनुभयो । बजार सरसफाइ कार्यक्रममा बजारमा ब्यबसाय गर्ने स्थानियको सहभागिता रहेको छ । बजार सरसफाइ गरेपछी चिटिक्क परेको स्थानीय ब्यबसाहिक प्रशान्त रिजालको भनाई छ ।
बिहान ७ बजेदेखी १० सम्म सरसफाई गरिएको हो । प्रहरी चौकी देखि , बजारको आसपास , लगायतको श्रेत्रमा सरसफाई गरिएको थियो । सरसफाइ कार्यक्रममा ५० जना भन्दा बडि ब्यापारिकको सहभागीता रहेको थियो ।






