च्याम्पियन्स लिगको ड्र सार्वजनिक

काठमाडौं : युइएफले यस सिजनको च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरेको छ। यसपटकको ड्रमा ग्रुप ‘ए’ र ‘बी’ तुलनात्मक रुपमा कठिन देखिएका छन्।

ग्रुप ‘ए’मा गत सिजनको उपविजेता म्यानचेस्टर सिटीसँगै यसपटक च्याम्पियन्स लिग दाबेदार पिएसजी परेको छ। यस्तै, च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अन्डरडग्सका रुपमा छाएको जर्मन टिम आरबी लाइपजिग र बेल्जियन प्रो लिगको क्लब ब्रुग्गे पनि सोही समूहमा छन्।

यसैगरी, समूह ‘बी’मा ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडसँगै युरोपको पावरहाउस लिभरपुल रहेको छ। यस्तै इटालियन जाइन्ट एसी मिलान र पोर्चुगलको जाइन्ट किलर टिम पोर्टो पनि सोही समूहमा छन्।

समूह ‘सी’मा पोर्चुगलको स्पोर्टिङ क्लब, जर्मनीको डर्टमन्ड, नेदरल्यान्ड्सको आयाक्स र टर्किस क्लब बेसिक्टास रहेका छन्। च्याम्पियन्स लिगको समूह डीमा इटालियन सिरी ‘ए’को च्याम्पियन इन्टर मिलान र च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल मड्रिड आमनेसामने हुनेभएका छन्।

सो समूहमा युक्रेनको सख्तर डोनेस्क र मोल्डोभियन लिगको सेरिफ तिरास्पोल पनि रहेका छन्।

यस्तै, समूह ‘ई’मा जर्मनीको च्याम्पियन बायर्न म्युनिख र स्पेनिस जाइन्ट बार्सिलोनासँगै पोर्चुगलको बेन्फिका र युक्रेनको डाइनामो किभ रहेका छन्।

समूह ‘एफ’मा युरोपा लिग च्याम्पियन भिल्लारियलसँगै युरोपाको उपविजेता म्यानचेस्टर युनाइटेड, इटालीको एट्लान्टा र स्विस लिगको योङ ब्वाइज परेका छन्।

यसैगरी, समूह ‘जी’मा फ्रेन्च लिगको लिल्, ला लिगाको सेभिया, अष्ट्रियन बुन्डेसलिगाको साल्जबर्ग र जर्मनीको बुन्डेसलिगाको वुल्फ्सबर्ग परेका छन्।

अन्तिम समूह ‘एच’मा डिफेन्डिङ च्याम्पियन चेल्सी र इटालीको सर्वाधिक सफल क्लब युभेन्टर पर्दा रुसको जेनिट र स्विडेनको सर्वाधिक सफल क्लब माल्मो रहेका छन्।

च्याम्पियन्स लिगको ड्र सार्वजनिक

जुम्लाका ४ युवा एक महिनादेखि बेपत्ता

च्याम्पियन्स लिगको ड्र सार्वजनिक

भारतविरुद्ध इंग्ल्यान्डको दबाब

Leave a comment

Your email address will not be published. Required fields are marked *