जुम्लाका ४ युवा एक महिनादेखि बेपत्ता

सुर्खेत । जुम्लामा चार जना युवा एक महिनादेखि सम्पर्क बिहीन भएका छन्।

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार तातोपानी गाउँपालिका–७ सुर्कीगाउँका १६ वर्षीया पदमबहादुर रावत, १६ वर्षकै मुनबहादुर रावत, १७ वर्षीय तुल रावत र १७ बर्षकै कालीबहादुर रावत एक महिनादेखि बेपत्ता भएका हुन्।

‘साउत १ गतेदेखि घरपरीवारको सम्पर्कमा आएका छैनन् भन्ने जानकारी आएको छ,’ जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले भनिन्, ‘सुरुमा कालापहाड (भारत) गए भनेर खोजखबर गरेनछन्, महिनादिनसम्म सम्पर्कमा नआएपछि बेचिएको आशंका लागेर बिहीबार प्रशासनलाई जानकारी गराए।’ उनीहरू यसअघि भारत गएका छैनन्।

यो सिजनमा जुम्लाका अधिकांश स्थानीय भारतको हिमाञ्चल क्षेत्रमा कामको खोजिका लागि जाने गर्छन्। हिमाञ्चलमा रहेका जुम्लाका स्थानीयहरूले युवाहरू त्यहाँ नआएको खबर गरेपछि परीवारले बेचिएको आशंका गरेका हुन्। सम्पर्क बिहीन चारैजना सुर्कीगाउँको दुर्गा माध्यमिक विद्यालय मधुमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थी हुन्।

जुम्लाका ४ युवा एक महिनादेखि बेपत्ता

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि परिचरसम्म झन्डै ११ सय

जुम्लाका ४ युवा एक महिनादेखि बेपत्ता

च्याम्पियन्स लिगको ड्र सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *