कर्णालीका केही स्थानमा भारी बर्षाको सम्भावना, सुरक्षित रहन आग्रह

सुर्खेत । कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी बर्षाको सम्भावना रहेकाले नदी तथा तटीय क्षेत्रका बासिन्दाहरु सुरक्षित रहन आग्रह गरिएको छ ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र सुर्खेतले आगामी दुई दिनसम्म ठुला नदी तथा साना सहायक नदीहरूको तल्लो तटीय, होचो तथा डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित तथा सतर्क रहन आग्रह गरिएको हो ।

शनिबारसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठुलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले अबको ३ दिन भारी बर्षा हुने सम्भावना रहेको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘यो अवधिमा नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने, माछा मार्ने, घुम्न जाने जस्ता कार्य नगर्न अनुरोध गरिएको हो ।’

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार आज बिहान ठुलोभेरी नदी आसपासमा ४ दशमलव २४३ मिलीमिटर बर्षा भएको छ भने सानो भेरी नदी आसपासमा ४ दशमलव ७८ मिलीमिटर, भेरी नदीको जामु, कुइने आसपास क्षेत्रमा १ दशमलव २७ र वीरेन्द्रनगर –९ को निकास खोला आसपास क्षेत्रमा २ दशमलव २ मिलीमिटर बर्षा भएको छ ।

कर्णालीका केही स्थानमा भारी बर्षाको सम्भावना, सुरक्षित रहन आग्रह

सल्यानमा एक पुरूष मृत फेला

कर्णालीका केही स्थानमा भारी बर्षाको सम्भावना, सुरक्षित रहन आग्रह

सशस्त्र प्रहरीमा इन्स्पेक्टरदेखि परिचरसम्म झन्डै ११ सय

Leave a comment

Your email address will not be published. Required fields are marked *