इटाली युरो कपको अन्तिम आठमा

एजेन्सी । इटाली युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति राति भएको दोस्रो प्रि(क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो। अष्ट्रियाले एक गोल फर्कायो ।

खेलको ९५ औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १-० गोलको सुरुवाती अग्रता दिलाए। उनले लियोनार्दोको पासमा गोल गरे। खेलको १ सय ५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएपनि इटाली २-१ ले विजयी भयो। यस जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो ।

इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन ।

यससँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ। अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ। इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

इटाली युरो कपको अन्तिम आठमा

दक्षिण अफ्रिकामाथि वेस्टइन्डिजको सहज जित

इटाली युरो कपको अन्तिम आठमा

क्रिकेटको बन्द प्रशिक्षण स्थगित

Leave a comment

Your email address will not be published. Required fields are marked *