२०८३ जेष्ठ ३० गते
×

Now Playing

दक्षिण अफ्रिकामाथि वेस्टइन्डिजको सहज जित

एजेन्सी । दक्षिण अफ्रिका भ्रमणमा रहेको वेस्टइन्डिजले पहिलो टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा वेष्टइन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको हो ।

पाँच खेलको टी–२० सिरिजको पहिलो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो। जवाफमा वेष्टइन्डिजले ३० बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

वेस्टइन्डिजका लागि इभान लेविसले ७१ रनको योगदान दिए। ३५ बल खेलेका लेविसले ७ छक्का र ४ चौकाको विस्फोटक इनिङ, खेले। त्यस्तै क्रिस गेल ३२ तथा आन्द्रे रसेल २३ रनमा अविजित रहे ।

यसअघि पिहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले रसि भान डर डुसेनको ५६ रनको अर्धसतकीय इनिङमा १६० रन बनाएको थियो। यसअघि भएको दुई खेलको टेस्ट सिरिज दक्षिण अफ्रिकाले जितेको थियो ।

दक्षिण अफ्रिकामाथि वेस्टइन्डिजको सहज जित

यमनमा भीडन्त : कम्तीमा १११ जनाको मृत्यु

दक्षिण अफ्रिकामाथि वेस्टइन्डिजको सहज जित

इटाली युरो कपको अन्तिम आठमा

Leave a comment

Your email address will not be published. Required fields are marked *