दुईजनालाई निर्घात कुटपिट गरी फरार रहेका गुण्डा कोहलपुर प्रहरीको फन्दामा

सुर्खेत ।  गुण्डा सहितको समुहलाई कोहलपुर प्रहरीले सुर्खेतबाट पक्राउ गरि सार्वजनिक गरेको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका २० थपुवा बस्ने १७ वर्षिय पुरन विक र १८ वर्षिय टेक बहादुर विकलाई निर्घात कुटपिट गरी फरार भएका ‘सन्ते’ भनिने बसन्त रावत लगायतको समुहलाई प्रहरीले पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो ।

रावतको नेतृत्वमा १०र१२ जनाको टोलिले गत साउन २४ गते राती २ बजेको समयमा नेपालगञ्ज उप(महानगरपालिका २० थपुवाका वि।क।द्वय लाई आक्रमण गरेका थिए । उनीहरुले खुँडा, खुकुरी तरबार र भाला लगायतका घरेलु हतियार साथमा लिई ज्यान मार्ने उद्देश्यले विक दाजुभाईलाई निर्घात रुपमा कुटपिट गरी मरासन्न अवस्थामा झाडिमा फालेर भागेका थिए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार उक्त घटनामा संलग्न ४ जनालाई यस अघि नै पक्राउ गरिएको भएपनि मुख्य अभियुक्त बसन्त रावत ‘सन्ते’ सहितका युवाहरु फरार थिए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट सादा पोशाकमा खटीएको प्रहरी टोलिले सुर्खेतमा लुकिछिपी बसेको अवस्थामा गुण्डा नाईके ‘सन्ते’ सहित उनका सहयोगीहरु २० वर्षिय प्रकाश बुढा र नविन थापालाई पक्राउ गरी कोहलपुर ल्याएको खनालले जानकारी दिए ।

उनिहरुले घटनापछि विदेश भाग्ने प्रयास गरेपनि भिसा रद्ध भएकाले उक्त प्रयास असफल भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । भिसा रद्ध भएपछि उनी भारतसमेत पुगेका थिए । सोही समूहले नै नजिकै बस्ने गिता रोकाको घर कोठाको ढोका समेत फुटाई नगद, सुनका गरगहना तथा अन्य जिन्सी सामानहरु लुटपाट गरेका ईन्सपेक्टर होमप्रकाश चौधरीले बताए ।

कुटपिटबाट घाईते भएका वि।क। दाजुभाईको केही समय काठमाण्डौंमा उपचारपछि अहिले नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।काचुलीखबर

दुईजनालाई निर्घात कुटपिट गरी फरार रहेका गुण्डा कोहलपुर प्रहरीको फन्दामा

YUGAAWHAN NATIONAL DAILY (2078-05-10)

Leave a comment

Your email address will not be published. Required fields are marked *