मंगलादेविको २५औं स्मृति दिवस

सुर्खेत । नेपाल महिला संघ सुर्खेतले स्वर्गीय मंगलादेवि सिंहको २५ औँ स्मृति दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । जिल्ला कार्य समितिले बिहीवार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा महिला संघ विस्तारमा गरेको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला कार्य समिति सदस्य कृतिराज जोशी संस्थापक सभापति समेत रहेकी स्वर्गीय सिंहले संगठन विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै सम्झिएका थिए । साहसिक र अग्रहणी महिलाको रुपमा नेतृत्वको गरेको भन्दै थप संगठनलाई बलियो बनाउनुपर्ने बताए ।

कार्यक्रमको समापन गर्दै संघ सुर्खेतकी अध्यक्ष पार्वती गिरीले संगठन विस्तारमा महत्वपूर्ण योगदान गरेको र छोटो समयमा पनि सफल नेतृत्व गरेको बताईन् । नेतृ सिंहले आफु मात्रै नभएर श्रीमान् गणेशमान सिंहलाई समेत सफल नेतृत्वको उचाईमा पु¥याएको धारणा राखिन् ।

त्यस्तै, नजिकिँदै गरेको पार्टीको १४ औँ महाधिवेशन हुन्छ, हुँदैन भन्ने दुविधा भएको र पार्टीको क्रियाशिल सदस्यता वितरणमा विभेद भएकाले पार्टीमा लामो समय योगदान गरेकाले पनि सदस्यता पाउन नसकेको गुनासो गरिन् ।

यद्यपी, अहिले जसले क्रियाशिल सदस्य प्राप्त गरेका छन् सवै दिदिबहिनीहरु डटेर महाधिवेशनमा लाग्ने बताईन् । कार्यक्रममा जिल्ला कार्यसमिति सुर्खेतका सदस्य गजराज जोशी, क्षेत्रीय सचिव गणेश पन्त, जिल्ला समन्वय समिति सुर्खेतको सदस्य रम्मा विसी र पूर्णा चालिसे लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल महिला संघ सुर्खेतकी सभापति पार्वती गिरीको अध्यक्षतामा भएको थियो ।

मंगलादेविको २५औं स्मृति दिवस

जापानमा बालबालिकाको आत्महत्याका घटना वृद्धि

मंगलादेविको २५औं स्मृति दिवस

YUGAAWHAN NATIONAL DAILY (2078-05-10)

Leave a comment

Your email address will not be published. Required fields are marked *