सागरभित्र सास फेर्दै निर्दोष जीवन

सन् २०२१ को लागि ‘ओशन फोटोग्राफर अफ द इयर’ अवार्ड ऐमी जानले पाएका हुन। उनले समुद्रमा बस्ने हरियो समुद्री कछुवाको तस्वीर खिचेका थिए। उनले यो तस्वीर पश्चिमी अष्ट्रेलियाको निगालु कोरल रीफ नजिक खिचेका हुन्।

प्रतियोगितामा हेनली स्पीयर्स दोस्रो भए । उनले स्कटल्याण्डको शेटल्याण्ड टापुको नजिक माछा मार्ने समुद्री पक्षीहरु समुद्रमा डुबेको तस्वीर लिएका थिए। त्यस्तै, म्याटी स्मिथ प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भए। उनले एउटा सानो हक्सबिल कछुवाको तस्वीर आफ्नो क्यामेरामा कैद गरेका थिए। त्यो कछुवा अण्डाबाट भर्खरै बाहिर आएको थियो। र‚ पहिलो पटक समुद्रभित्र जान कोसिस गरिरहेको थियो।

ओशन फोटोग्राफर अफ द इयर ओशनोग्राफिक पत्रिकाले हरेक वर्ष आयोजना गर्छ । यस प्रतियोगिता सागरको गहिराइमा जीवनको सौन्दर्य देखाउन गरिएको हो । यस्ती ती जनावरहरुले सामना गर्नुपर्ने खतरा विश्वसामु ल्याउन पनि उद्देश्य हो।

यो वर्ष फिमेल फिफ्टी फैथम अवार्डको नयाँ क्याटागोरी पनि राखिएको थियो। यस श्रेणीमा महिला फोटोग्राफरहरूको काम र उनीहरुको सम्मानका लागि राखिएको थियो। सम्मान लस एन्जलसमा बस्ने रैने केपोजोलाले प्राप्त गरिन्। उनी फोटोग्राफरका साथै शिक्षिका पनि हुन्। उनले एक ब्ल्याकटिप चट्टान शार्कको तस्वीर खिचेकी थिइन्। उनले यो तस्वीर फ्रान्स नजिकैको टापुमा खिचेकी हुन्।

सागरभित्र सास फेर्दै निर्दोष जीवन

ईपीएल : ललितपुरविरुद्ध काठमाडौं बलिङमा

सागरभित्र सास फेर्दै निर्दोष जीवन

सडकसँग जोडिए दुर्गम बस्ती नागरिकको जीवनस्तरमा सुधार

Leave a comment

Your email address will not be published. Required fields are marked *