ईपीएल : ललितपुरविरुद्ध काठमाडौं बलिङमा

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा अहिले साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ बीच प्रतिस्पर्धा हुँदैछ ।
टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान सन्दीप लामिछानेले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । ललितपुर सुरुवातमा ब्याटिङ गर्नेछ। ललितपुर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएको छ । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा रहेको छ ।

आज दुबै टिम जित निकाल्ने योजनामा रहेका छन् । ललितपुर र काठमाडौंबीचको पछिल्लो भेटमा ललितपुर बलियो देखिएको छ । ललितपुरले यस अघिको तीन भेटमा जित निकालेको थियो ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।






