दल दर्ता भइसक्यो, आयोगले प्रमाणपत्र आजै दिन्छौँ भनेको छ : राजेन्द्र पाण्डे

काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले दल दर्ता भइसकेको जनाकारी गराएको बताएका छन्।
नयाँ दलको सनाखतका लागि निर्वाचन आयोग पुगेका नेता पाण्डेले भने, ‘आयोगले दल दर्ता भइसक्यो, दुई घण्टापछि बोलाउँछौँ भनेको छ। आजै प्रमाणपत्र पाउनेमा आशावादी छौँ।’
दल दर्ता प्रमाणपत्र प्राप्त भएपछि राष्ट्रिय सम्मेलन गरेर पार्टीको गतिविधिलाई अगाडी बढाउने उनको भनाइ छ।
समाजवादी पार्टीमा एमालेका २९ सांसद र ५६ केन्द्रीय सदस्यले आफ्नो हस्ताक्षर सनाखत गराएको उनले बताए।






