२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

बेलायतमा पुरुषभन्दा महिलालाई ७३% कम तलब दिएको खुलासा

एजेन्सी । बेलायतको चर्चित कम्पनीका महिला निर्देशकहरूले आफ्ना पुरुष समकक्षीको तुलनामा झण्डै तीन चौथाई भुक्तानी कम पाउने गरेका सोमबार सार्वजनिक एक अध्ययनले देखाएको छ।

न्यू स्ट्रीट कन्सल्टिङ ग्रुप (एनएससीजी) को अनुसन्धानअनुसार लण्डनको अनुक्रमणिकामा सूचीबद्ध कम्पनीहरूमध्ये एक महिला निर्देशकले प्रतिवर्ष औसत दुई लाख ३७ हजार पाउण्ड कमाउँछिन्। एफटीएसई १०० व्यवसाय क्षेत्रका पुरुष निर्देशकहरूले कमाएको औसत आठ लाख ७५ हजार ९०० पाउण्डभन्दा महिलाको आम्दानी झन्डै ७३ प्रतिशतले कम हो।

वेतन भुक्तानीको यो अन्तर बेलायतका बाँकी रोजगार बजारभन्दा पनि धेरै छ। बेलायतका पुरुषहरूले महिलाहरूको तुलनामा औसत १५.५ प्रतिशत बढी कमाउँछन् भन्ने कुरा यहाँको राष्ट्रिय तथ्यांक कार्यालयले हालै प्रकाशित गरेको आधिकारिक तथ्यांकले पुष्टि गर्छ।

तथापि, बोर्डरूमको तलब पुरुषहरूप्रति कम हुन्छ किनभने महिलाहरूले निर्देशकको भूमिका एकदमै कम निभाउँछन्‌। पुरुषहरूले मुख्य कार्यकारी तथा मुख्य वित्तीय अधिकारीजस्ता उच्च पद धारण गर्ने सम्भावना धेरै हुन्छ।

अध्ययन लेखक तथा एनएससीजी निर्देशक क्लेयर कार्टरले भनेका छन्‌, ‘धेरै महिलाहरूलाई बोर्डमा ल्याउन निकै प्रगति गरिएको भए पनि यस अनुसन्धानले अझ धेरै गर्नुपर्ने कुरा देखाउँछ, समानताको कुरा गर्ने प्रयास गर्दा मात्रै महिला निर्देशकको प्रतिशतमा मा मात्रै ध्यान दिनु पर्याप्त छैन।’

बेलायतमा पुरुषभन्दा महिलालाई ७३% कम तलब दिएको खुलासा

प्रदेश सांसद विमला वलीविरुद्ध अंश मुद्दा दर्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!