२०८३ मंसिर १२ गते
वीरेन्द्रनगर, सुर्खेत 14°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

महामारीमा भ्रष्टाचार गरेका पूर्वमन्त्रीलाई १२ वर्ष जेल सजाय

एजेन्सी । इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई त्यहाँको अदालतले १२ वर्ष जेल सजाय हुने फैसला सुनाएको छ।

कोरोना भाइरस महामारीका बेला गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको हो।

पूर्वसामाजिक मामिलामन्त्री बटुबारालाई जाकार्ता अदालतले दोषी रहेको पर्याप्त प्रमाण र आधारहरू रहेको जनाएको छ।

अनियमितताको आशंका र आरोप लागेपछि स्थलगत निरीक्षण गर्दा उनले अनियमितता नै गरेको भेटेपछि गत डिसेम्बरमा पक्राउ गरिएको थियो।

उनलाई जेल सजायसँगै ३५ हजार अमेरिकी डलर बराबरको जरिवाना तिराउनसमेत अदालतले आदेश दिएको छ।

राष्ट्रपति जोको विडोडोले पनि जनताको रकमको दुरुपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने बताएका छन्‌।

इन्डोनेसियामा भ्रष्टाचार ठूलो समस्याका रूपमा रहेको छ। धेरै राजनीतिक नेताहरू अनियमिततासम्बन्धी घटनामा मुछिने गरेका छन्। त्यसैगरी दण्ड सजाय पनि धेरैलाई हुने गरेको छ।

यसअघि अर्का मन्त्रीलाई पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिएपछि पाँच वर्षका लागि जेल सजाय तोकिएको थियो।

महामारीमा भ्रष्टाचार गरेका पूर्वमन्त्रीलाई १२ वर्ष जेल सजाय

विदेशी सेना नहटेसम्म सरकार बनाउँदैनौँ : तालिबान

महामारीमा भ्रष्टाचार गरेका पूर्वमन्त्रीलाई १२ वर्ष जेल सजाय

बेलायतमा पुरुषभन्दा महिलालाई ७३% कम तलब दिएको

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!